Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रोटरी क्लव सुरुङ्गावाट न्यानो कपडा साथै ह्वील चेयर वितरण
    समाचार

    रोटरी क्लव सुरुङ्गावाट न्यानो कपडा साथै ह्वील चेयर वितरण

    ramBy ram२०७६ पुष १२, शनिबार ००:४४ गते3 Mins Read

    राम निरौला,
    कनकाई खबर  \  मानवीय सेवामा समर्पित रहेको अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी क्लवल अफ सुरुङ्गाले जाडोलाई लक्षीत गरेर वालवालिकाहरुलाई न्यानो कपडा साथै विभिन्न क्षेत्रका शारिरीक रुपमा अशक्तलाई ह्वील चेयर वितरण गरेको छ ।

       नगरपालिका २ स्थित पञ्चकन्या प्राविमा अध्ययनरत ५२ जना वालवालिकाहरुलाई विद्यालय परिसरमै उपस्थित भएर क्लवका पदाधिकारीहरुले न्यानो कपडा वितरण गरेका हुन् । नर्सरीदेखी कक्षा तीनसम्म पठनपाठन हुँदै आएको यस विद्यालयको शैक्षिक स्तर वृद्धिकालागि यस अघि पनि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा क्लवले विद्यालय पोशाक सहित शैक्षिक सामाग्री वितरण गरेको क्लवका अध्यक्ष कुमारमणि पोखरेलले वताएका छन् ।

      विपन्न समुदायका वालवालिकाहरु भएको यस पञ्चकन्या प्राविलाई नमूना विद्यालयको रुपमा विकास गर्दै जाने योजनाका साथ रोटरी क्लवले यहाँको भौतिक साथै शैक्षिक विकासमा निरन्तर सहकार्य गर्ने क्लवका संस्थापक अध्यक्ष एलपी उप्रेतीले वताएका छन् ।

     विद्यालयको चौतर्फी हितकालागि रोटरी क्लवले गरेको निरन्तर सहयोगका कारण थप हौसला प्राप्त भएको भन्दै विद्यालय  व्यवस्थापन समितिका अध्यक्ष ईन्द्रवहादुर मगरले खुशी व्यक्त गरेका छन ्। ग्रामिण क्षेत्रमा रहेर पनि अंग्रेजी माध्यमलाई समेत अभ्यासका रुपमा संचालन गर्दै शैक्षिक विकासमा विद्यालय अघि बढ्दै गरेको यहाँका प्रधानाध्यापक प्रजापति ढकालले वताएका छन् । अत्यन्तै सहयोगी हातहरुका साथमा संगठित भएर सामाजिक क्षेत्रमा अघि बढेको रोटरी क्लव जस्तो अन्तर्राष्ट्रिय सामाजिक संस्थासँगको सहकार्यले विद्यालयले सफलता प्राप्त गर्ने कुरामा विद्यालय परिवार विश्वस्त रहेको प्रधानाध्यापक ढकाल बताउँछन् ।

      पञ्चकन्या प्राविमा रहेको एउटा मात्र स्थायी दरबन्दीमा विद्यालयका प्रधानाध्यापक कार्यरत छन् भने एउटा राहत दरवन्दीमा शिक्षिका रञ्जीता श्रेष्ठ कार्यरत छिन् । ज्यादै न्युन पारिश्रमीकमा विद्यालयको कर्मचारीका रुपमा लीला थापा मगर रहेकी छन् भने वालविकास तर्फ मीना दहाल कार्यरत छिन् । तल्लो तहका कर्मचारी साथै वालविकासमा कार्यरत शिक्षकशिक्षिकाहरुलाई हेर्नेदृष्टिकोण स्थानीय स्तरमा समेत सकारात्मक हुनुपर्ने भन्दै विद्यालयकी कर्मचारी लीला मगरले सेवा संचालनसँगै सरकारले सुविधाको पनि व्यवस्था गर्नु पर्नेमा जोड दिएकी छन् । सरकारी सेवासुविधा दिनु पर्ने माग गर्दै कर्मचारी मगर र वालविकास शिक्षिका दहालले स्थानीय सरकारका रुपमा रहेको कनकाई नगरपालिकालाई पञ्चकन्या प्रावि तर्फ ध्यान केन्द्रित गरिदिन अनुरोध समेत गरेका छन् ।

       त्यस्तै रोटरी क्लवले शारिरीक रुपमा अपाङ्गता भएका पाँचजना ग्रामिण क्षेत्रका असक्तहरुलाई जनही एक एकवटा ह्वील चेयर वितरण गरेको छ । ह्वील चेयरको अति आवश्यक्ता भए पनि कुनै संघ संस्थाहरुको पनि नजर नपुगेको साथै आर्थिक अभावका कारण समेत ह्वील चेयरको व्यवस्था गर्न नसकेर दुःखले जीवन गुजारा गरिरहेका शारिरीक रुपमा अशक्त व्यक्तिहरुको पहिचान गरी घरैमा गएर ह्वील चेयर वितरण गरिएको क्लवका सचिव लुवराज उप्रेतीले वताएका छन् । ह्वील चेयर विशेष गरी झापा गाउँपालिका, बाह्रदशी गाउँपालिका र कनकाई नगरको ग्रामिण क्षेत्रमा रहेका अति विपन्न परिवारका पूर्ण रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई वितरण गरिएको वताइएको छ ।

        रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष कुमारमणि पोखरेलको सभापतित्व एवम् उपाध्यक्ष शिवकुमार कडेलले संचालन गरेको दुवै किसिमका सामाग्री वितरण कार्यक्रममा क्लवका पदाधिकारीहरु साथै स्थानीय अभिभावकहरुको उपस्थिती रहेको वताइएको छ ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.