कैलाली । कैलालीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । कुटपिटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका ९, घोराघाटस्थित आफन्तको विवाहमा आएका घोडाघोडी नगरपालिका २ का २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट मृत्यु भएको हो ।
कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले लम्कीचुहा नगरपालिका ९, घोराघाटका २३ वर्षीय विवेक भुलसहित सात जनालाई नियन्त्रणमा लिएको छ ।
विवेकसँगै पक्राउ पर्नेमा लम्कीचुहाकै विशाल भुल, गणेश भुल, सन्तोष परियार, पिन्टु चौधरी, दिलबहादुर चौधरी र पुरन सार्की छन् ।
प्रहरीका अनुसार मोहनमाथि विवेकलगायत व्यक्तिहरूले मंगलबार राति कुटपिट गरेका हुन् ।
कुटपिटबाट सख्त घाइते मोहनको उपचारका क्रममा टीकापुर अस्पतालमा बुधबार बिहान साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।कान्तिपुर