काठमाडौं । एनसेलको ८० प्रतिशत शेयर हिस्सा रहेको मलेसियाको आजियाटा कम्पनी नेपालबाट बाहिरिने भएको छ । उसले आफ्नो सबै शेयर विक्रीमा राख्ने निर्णय गरेको छ ।
आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले सञ्चालक समितिले नेपालबाट बाहिरिने निर्णय गरेको बताएका छन्।
आजियाटाले ७ वर्षअघि टेलिया सोनेरासँग एनसेलको शेयर किनेको थियो । त्यसबेलाको करको विवाद अहिलेसम्म कायमै छ ।
एनसेलको व्यापार लगातार खुम्चिँदै गएपछि आजियाटाले नेपाल छाड्न लागेको बताइएको छ ।nepalpress
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
