Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापाका तीन युवा दुबईमा अलपत्र, उद्धारको हारगुहार
    कनकाई खबर बिशेष

    झापाका तीन युवा दुबईमा अलपत्र, उद्धारको हारगुहार

    कनकाई खबरBy कनकाई खबर२०८० मंसिर १३, बुधबार १३:१६ गते2 Mins Read

     झापा\सर्तभन्दा फरक काम लगाएपछि झापाका तीनजना युवा युएईको दुबईमा बिचल्लीमा परेका छन् । उनीहरुलाई धुम्बाराहीस्थित सागर रिक्रुटमेन्ट प्रालिले दुबई पठाएको हो ।

    गत असोज २८ गते दुबईस्थित जेबेल अलीमा पठाउँदा उनीहरुसँग मेनपावर कम्पनीले फ्रि भिसा, फ्रि टिकटको समेत धज्जी उडाउँदै १ लाख ७५ हजार रुपैयाँँ लिएको थियो ।

    दुबईमा बिचल्लीमा पर्नेहरु भद्रपुरका अकबर अन्सारी, शिवसताक्षीका राजकुमार ताजपुरिया र महेश राजवंशी छन् । उनीहरुसँगै अरु नेपाली पनि अलपत्र परेको अन्सारीले बताए ।

    म्यानपावर कम्पनीसँग गरेको सम्झौताअनुसार चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङमा फिनिसिङ कारपेन्टर (फर्निचरको काम) दिने भनिएको थियो । उक्त कामबापत मासिक तलब १ हजार १ सय २० दिरहम (करिब ४० हजार नेपाली रुपैयाँँ) दिने सर्त थियो ।

    दुबईको जेबेल अली पुगेपछि उनीहरूलाई भिन्न काममा लगाइयो । फिनिसिङ कार्पेन्टर भनेर दुबई लगिएकोमा त्यहाँको चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङले उनीहरूलाई बेल्चा हान्ने लेबरको काम लगायो । यसरी लेबरको काममा लगाएर उनीहरूलाई बिचल्लीमा पारियो ।

    काम फरक परेको भन्दै उनीहरूले सागर म्यानपावरका प्रतिनिधिहरूलाई तत्काल जानकारी गराए । तर, उनीहरूले यस विषयमा खासै चासो देखाएनन् ।

    १ लाख ७५ हजार ऋण काढेर श्रीमानलाई दुबई पठाएको अन्सारीकी पत्नी अफ्रुज खातुनले बताइन् । ‘काम भनेजस्तो नहुँदा ऋणको बोझले उहाँँको मानसिक सन्तुलन झन् बिग्रिँदै गएको छ’, उनले भनिन्, ‘करिब १५ दिन ओछ्यानमा थला पर्दा उहाँँ मृत्युसँग लडिरहनुभएको थियो । धन्न सँगै गएका साथीहरूले हेरचाहसँगै उपचार गराउँदा उहाँँ सकुशल हुनुहुन्छ ।’

    श्रीमानलाई नेपाल झिकाउन उनी सबैतिर भौतारिरहेकी छन् । तर, उनको सुनुवाइ भएको छैन । ‘मलाई यहाँँबाट नेपाल फर्काइदिनु भन्दै श्रीमान्ले पनि रुँदै घरमा फोन गर्नुहुन्छ’, उनले भनिन् । म्यानपावरलाई श्रीमान् फर्काइदिन आग्रह गर्दा उल्टै २५०० दिरहम मागेको उनले दुःखेसो पोखिन् ।

    ‘म्यानपावरले हामीलाई ढाँट्दा दुबईको एउटा कोठामा बन्दीसरह बसिरहेका छौँ’, झापा शिवसताक्षी–५ का ताजपुरियाले भने, ‘म्यानपावरले सम्झौताअनुसार काममा लगाइदिनुप¥यो, कि हामीलाई सकुशल नेपाल फिर्ता पठाइदिनु प¥यो’, उनले भने ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.