Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » स्वीकारोक्ति फाउण्डेशनबाट ‘विश्व शान्ति यात्रा २०२३’ को शुरुवात
    कनकाई खबर बिशेष

    स्वीकारोक्ति फाउण्डेशनबाट ‘विश्व शान्ति यात्रा २०२३’ को शुरुवात

    कनकाई खबरBy कनकाई खबर२०८० मंसिर ११, सोमबार १९:४५ गते2 Mins Read


    कनकाई खबर \ ‘अस्तित्वहरुको न्यायिक सम्बोधन’ भन्ने मूल विचार र मान्यता बोकेर विगत एघार बर्षदेखि अस्तित्वहरुको न्यायिक सम्बोधन र मानव चेतना अभिवृद्धिको लागि कार्यरत स्वीकारोक्ति फाउण्डेशनले ‘ विश्व शान्ति यात्रा २०२३’ को शुरुवात गरेको छ ।


    बिर्तामोडमा पत्रकार सम्मेलन गरेर फाउण्डेशनले झापाको बेलडाँगी शिविरमा आज सोमबार एक कार्यक्रम आयोजना गरी विश्व शान्ति यात्रा शुरु गरेको जनाएको छ ।
    नेपाल तथा भारतका विभिन्न स्थानमा कार्यक्रम गरी मंसिर २९ गते काठमाण्डौमा यात्रा समापन हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।


    यात्राको क्रममा फाउण्डेशनले झापा, सुनसरी, मोरङ र इलामका विभिन्न स्थान साथै भारतको गुवाहटी, गान्तोक र सिलिगुढीमा कार्यक्रम गर्ने जनाएको छ । भारतमा हुने एक कार्यक्रमका बिच नेपाली साहित्यकार लिलबहादुर क्षेत्रीलाई छ लाख नेपाली रुपैँयाको ‘स्वीकारोक्ति सिद्धि पुरस्कार’ प्रदान गर्ने कार्यक्रम रहेको फाउण्डेसनका अध्यक्ष डेन्जोम साम्पाङ राईले जानकारी दिए ।


    त्यस्तै मंसिर १४ गते झापाको बिर्तामोडमा एक वृहत साहित्यिक तथा सम्मान कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष राईले बताए । अन्य स्थानहरुमा वृक्षारोपण, छलफल, बहस तथा विद्यार्थीहरुसँग अन्तरक्रिया आदि गरिने अन्तर्राष्ट्रिय समन्वय तथा कार्यक्रम आयोजना प्रमुख कर्ण गुरुङले जानकारी दिए ।


    मंसिर २८ र २९ गते काठमाण्डौमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन काठमाण्डौसँगको सहकार्यमा साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलन गरेसँगै यात्रा समापन हुने कार्यक्रम सञ्चालक सुनिता तामाङले जानकारी दिइन् ।

    पर्यावरण संरक्षण, विश्व शान्ति तथा सम्मृद्धिलाई मुल मर्मको रुपमा आत्मसाथ गर्दै फाउण्डेसनले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको ग्लोबल टावर २०२३ का इभेन्ट कोडिनेटर अर्जुन उप्रेतीले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.