Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा कपडा बैंक मार्फत न्यानो कपडा वितरण
    समाचार

    कनकाईमा कपडा बैंक मार्फत न्यानो कपडा वितरण

    ramBy ram२०७६ पुष ११, शुक्रबार ०१:३५ गते2 Mins Read

    राम निरौला,
    कनकाई खबर  \  झापाको कनकाईमा विपन्न समुदायलाई लक्षीत गरेर संकलन गरिएको न्यानो कपडा ‘कपडा बैंक’ मार्फत वितरण गर्न थालिएको छ ।

      जाडोको समयमा निम्न स्तरका मजदुर साथै विपन्न समुदायकालागि न्यानो कपडाको आवश्यक्तालाई मध्यनजर गर्दै कपडा बैंक संचालन गरिएको हो । स्थानीय स्तरमा क्रियाशिल युवाहरुको सामाजिक संस्था ज्ञानज्योती युवा क्लवको सक्रियतामा न्यानो कपडा संकलन गरेर कपडा बैंक मार्फत वितरण गरिएको क्लवका अध्यक्ष नारायण भेट्वालले वताएका छन् । कनकाई नगरपालिका ३ सुरुङ्गा चौकस्थित सार्वजनिक स्थलमा जाडोको समयभरी रहने गरी कपडा बैंक संचालनमा ल्याइएको हो । प्रदेश सभा सदस्य हिराकुमार थापाले एक समारोहका विच कपडा बैंकको उद्घाटन गर्दै विपन्न बर्गका स्थानीयवासीलाई न्यानो कपडा वितरण गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्जु प्रसाई लगायतले संयुक्त रुपमा न्यानो कपडा वितरण गरेका छन् ।

     पुसको सिरेटोसँगै चिसोले जनजिवन प्रभावित भएको यो समयमा जाडोको न्यानो कपडा पाउँदा ईश्वरकै बरदान सावित भएको विपन्न परिवारकी स्थानीय ईन्द्रकुमारी बारकोटीले बताएकी छन् । दैनिक उपभोग्य सामाग्रीकालागि सरकारले भत्ता दिँदै आएको भएपनि जाडोको समयमा हुने लुगाकपडाको जोहो गर्न नसकेकाले समस्या झेल्दै आएको बारकोटीले बताएकी छन् । भत्ता खाँदै गरेको भएपनि आफ्नो उमेर बताउँन नसक्ने कनकाई ४ स्थित बगरमा बस्दै आएकी बारकोटीले आफ्नो आवश्यक्ता बल्ल पूरा भएको भन्दै खुशी व्यक्त गरेकी छन् ।

       त्यस्तै शारिरीक रुपमा समेत अस्वस्थ भएकी स्थानीय तालामाई सोरेन जाडोको न्यानो कपडा पाउँदा दङ्ग परेकी छन् । साना छोराछोरी, श्रीमान र आफू गरी चारजनाको परिवारमा दैनिक श्रीमानले मात्र मजदुर गरेर कमाएको पैशा विहान बेलुकाको छाक टार्न धौ धौ हुने गरेकाले जाडोको कपडा किन्ने अहिलेसम्म आफ्नो हैसियत नपुगेको सोरेन बताउँछिन् । यस्तो जाडोको बेला घरमा पनि धेरै समय आगो तापेर बिताउँने गरेको बताउँदै सोरेनले परिवारका चारैजनालाई हुनेगरी निशुल्क रुपमा न्यानो कपडा पाउँदा आँफूमा खुशी छाएको बताएकी छन् ।

       क्लवका अध्यक्ष नारायण भेट्वालको सभापतित्व रहेको न्यानो कपडा वितरण कार्यक्रममा सम्पूर्ण सहयोगी हातहरुलाई अभियानमा सहकार्य गर्दै कपडा बैंकमा सहयोग गरिदिन क्लवका अध्यक्ष भेट्वालले अनुरोध गरेका छन् । क्लवका सचिव पारस खरेलको स्वागत तथा सल्लाहकार सदस्य सागर ढुङ्गानाको संचालन रहेको उद्घाटन कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, समाजसेवी श्याम ओली लगायतले मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.