झापा \ झापाको बिर्तामोडस्थित इकम कलेजको प्रांगणमा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिकमा राखिएको शिलालेख चौबीस घण्टा नबित्दै संशोधन गरिएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार तामझामसाथ अनावरण गरेको सालिकको शिलालेखमा संविधान विपरीत ‘श्री ५ महाराजधिराज’ लेखेको पाइएपछि स्थानीय प्रशासनले मेट्न लगाएसँगै कलेजका तर्फबाट मेटाइयो । स्थानीय संघ–संस्था र नागरिक समाजले दबाब दिएपछि कलेजले तत्काल शिलालेखमा भएको संविधान विपरीतको शव्द मेटाएको जनाइएको छ।
कलेजले करिब एक वर्षअघि नै सालिक निर्माण गरेको हो । कलेज सञ्चालकका अनुसार पूर्वराजाको सचिवालयले नै शिलालेखमा राखिने शब्द तयार गरेको हो ।-कान्तिपुर t.v.बाट
कमेन्टस्
