Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पञ्चकन्याबाट द्विप प्रज्वलन गर्दै सुरुङ्गा जेसीजको महायज्ञ समुद्घाटन
    कनकाई नगरपालिका

    पञ्चकन्याबाट द्विप प्रज्वलन गर्दै सुरुङ्गा जेसीजको महायज्ञ समुद्घाटन

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० मंसिर १०, आईतवार १९:४० गते3 Mins Read

    कनकाई खबर\ सुरुङ्गा जेसीजले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आज आइतबार विधिवत रुपमा समुद्घाटन गरिएको छ ।

    समाज रुपान्तरणकालागी धार्मिक एवं आध्यात्मिक चेतनाको जागरण ल्याउँने उद्येश्यले “लागू पदार्थ दुव्र्यसन न्यूनिकरणकालागी जेसीजको अभियान”भन्ने मूल नाराका साथ अक्षयकोष स्थापनार्थ महायज्ञको आयोजना गरिएको हो ।


    स्वस्तीवाचन सहित पञ्चकन्याबाट द्विप प्रज्वलनका साथ समुद्घाटन भएको महायज्ञ यहि मंसिर १७ गते सम्म संचालन हुने आयोजक सुरुङ्गा जेसीजका अध्यक्ष प्रविन तिम्सिनाले जनाएका छन् । समुद्घाटन विशेष समारोह संचालन हुनु अघि आयोजक समिति सहित विभिन्न संघसंस्था, स्थानीय विद्यालयका विद्यार्थीहरु, कनकाई नगरका विभिन्न क्षेत्रबाट भजन मण्डलीसहित भक्तजनहरुको सहभागीतामा कलशयात्रा भएको थियो । कलश यात्रामा सहभागी भक्तजनहरुले बजार परिक्रमा पछि पवित्र कनकाई नदि सम्म पुगेर ल्याएको जल महायज्ञस्थलमा अर्पण गरे ।


    सुरुङ्गा जेसीजका पुर्व अध्यक्ष एवं महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक एल.पी. उप्रेतीको सभापतित्व एवं प्रमुख कथा वाचक पं.अर्जुन भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन विशेष समारोहमा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रस्मी बस्नेत, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, महायज्ञ मूल समारोह समितिका सल्लाहकार संयोजक डा.पुण्यप्रसाद सिग्देल, कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवी थपलिया लगायतले महायज्ञ सफलताको कामना गर्दै पवित्र उद्येश्यले आयोजना गरिएको श्रीमद्भागवत महापुराणले सभ्य समाज निर्माणकालागी नयाँ पहिचान दिने बताए ।


    उत्ताउलो किसिमको चिन्तनले दुव्र्यसनीलाई प्रोत्साहन पुग्ने भएकाले त्यस तर्फ सचेत बन्दै लागु पदार्थ दुव्र्यसन न्यूनिकरणकालागी सुरुङ्गा जेसीजले संचालन गरेको अभियानलाई स्थानीय स्तरमा क्रियाशिल संघसंस्थाहरुले समेत साझा कार्यक्रमका रुपमा लिएर अघि बढ्नु पर्नेमा कार्यक्रममा सहभागीहरुले जोड दिए ।


    महायज्ञको कथा वाचन युवा पं. अर्जुन भट्टराई र पाठ पारायण पं. उमेश आचार्यबाट हुने आयोजकले जनाएको छ । महायज्ञका क्रममा लागुऔषध सम्बन्धी क्षेत्रमा क्रियाशील अभियन्ताहरुबाट समेत प्रस्तुती हुने बताइएको छ ।


    उद्घाटन विशेष समारोहमा महायज्ञको औचित्यमाथि प्रकाश पार्दै सुरुङ्गा जेसीजका अध्यक्ष प्रविन तिम्सिनाले कोष स्थापना गरेर प्राप्त ब्याजबाट लागुऔषध न्यूनीकरणका लागि अभियान संचालन गरिने बताए । पछिल्लो समय १३ देखी २० वर्ष सम्मका ७० प्रतिशत वालवालिकाहरु लागुऔषध तथा दुव्र्यसनीको सिकार बन्दै गएको भन्दै अध्यक्ष तिम्सिनाले यसको न्युनीकरणकालागी वार्षिक कार्यक्रमका रुपमा जेसीजले अभियान संचालन गर्ने जानकारी दिए ।


    महायज्ञबाट “सेवाभन्दा श्रेष्ठ अरु कुनै कर्म छैन”भन्ने जेसीजको भावनालाई जोड्ने प्रयास गरिएको जेसीज अध्यक्ष तिम्सिना बताउँछन् ।
    लागुऔषध दुव्र्यसनीको समस्या समाजमा विकराल बन्दै गएकाले सोको न्यूनीकरणकालागी सुरुङ्गा जेसीजले अभियानको थालनी गरेको अध्यक्ष तिम्सिना बताउँछन् ।कोषबाट प्राप्त व्याजले कनकाई नगरपालिका सहित झापाका लागुऔषध दुव्र्यसनी प्रभावित क्षेत्रमा काम गर्ने आयोजकको लक्ष्य रहेको बताइएको छ ।


    सुरुङ्गा जेसीजका कार्यकारिणी उपाध्यक्ष किशोर दहालले स्वागत तथा सदस्य चन्दा सिटौलाले आस्था बाचन गरेको औपचरिक कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष कुमारसिंह साँवा लिम्बू, सुरुङ्गा जेसीजका पूर्व अध्यक्षहरु, जेसीजको क्षेत्र(क) साथै झापाका अन्य जेसीज शाखाका अध्यक्ष एवं पदाधिकारीहरु, कनकाई नगर क्षेत्रका जनप्रतिनिधि, जग्गा दाता, स्थानीय विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, संचारकर्मी लगायतको उपस्थिती रहेको कार्यक्रमको संचालन सुरुङ्गा जेसीजकी कोषाध्यक्ष मेनुका उप्रेती शिवाकोटीले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.