Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापामा राजाको क्रेज बढ्यो, पूर्व राजा ज्ञानेन्द्रबाट पृथ्वीनारायण शाहको सालिक अनावरण
    बिर्तामोड नगरपालिका

    झापामा राजाको क्रेज बढ्यो, पूर्व राजा ज्ञानेन्द्रबाट पृथ्वीनारायण शाहको सालिक अनावरण

    कनकाई खबरBy कनकाई खबर२०८० मंसिर १०, आईतवार ११:५१ गते2 Mins Read


    कनकाई खबर \ झापाको विर्तामोडस्थित इकम कलेजमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गरिएको छ ।

    कलेजमा निर्मित पृथ्वीनारायण शाहको सालिक पूर्वराजा ज्ञानेन्द्र शाहले अनावरण गरेका हुन् । सालिक अनावरणका लागि शुक्रबार नै झापा आएका पूर्णराजा शाहलाई होटल मेची क्राउन प्लाजामा बस्ने व्यवस्था मिलाइएको थियो । शनिवार मध्यान्नको समयमा हजारौंको संख्यामा रहेका मोटरसाइकल साथै सुरक्षाकर्मीबाट स्कर्टिङ गरेर पूर्व राजा शाहलाई कार्यक्रमस्थल सम्म पुर्याइएको थियो ।


    कार्यक्रममा जनसहभागिता जुटाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन करिब १० दिनदेखि झापामै रहेका थिए । राप्रपा झापाका अध्यक्ष केशवप्रसाद ओझाले कार्यक्रममा उपस्थित जनाउँन जिल्लास्थित पार्टीको सबै तहमा यस अघि नै सर्कुलर जारी गरेका थिए ।

    मेची क्राउन प्लाजाबाट बिर्तामोड आइपुगुञ्जेलसम्म पनि पूर्वराजा शाहसँगै रहेका राप्रपा केन्द्रिय अध्यक्ष लिङ्देन पैदल हिँड्दा होस् वा मञ्चमा पूर्वराजा शाहसँगै रहेका थिए । आफ्नै जिल्लामा राजाको उपस्थितिमा शक्ति प्रदर्शन गर्ने अवसर जुटेको भन्दै राप्रपा अध्यक्ष लिङ्देनले स्वतःस्फुर्त रुपमा निस्किएको जनलहरलाई सामान्य रुपमा लिन नहुने बताएका छन् । कार्यक्रमलाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा लिएको छ । राप्रपा कोसी प्रदेश अध्यक्ष राम थापाले कार्यक्रममा प्रदेशभरबाट सहभागी आएको बताएका छन् ।


    मोटरसाइकल ¥यालीसहित पूर्वराजा शाहलाई मेचीनगरस्थित मेची क्राउन प्लाजाबाट बिर्तामोड–१ पञ्चकन्यामा रहेको इकम कलेजको कार्यक्रमस्थलमा आइपुग्दा राप्रपाका कार्यकर्ता तथा राजावादीहरूले राजतन्त्र पक्षधर नारा लगाएका थिए ।

    पुर्व राजा शाहको स्वागतकालागि बिर्तामोडमा ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका थिए। मानिसको भीड छिचोल्दै पूर्वराजा शाहलाई कार्यक्रमस्थलसम्म आइपुग्न झण्डै दुई घण्टा समय लागेको थियो ।पूर्वराजा शाहले सालिक अनावरण कार्यक्रममा कुनै किसिमको सम्बोधन भने नगरेको जनाइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.