Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई कपको उपाधी अर्जुनधारालाई
    कनकाई खबर बिशेष

    कनकाई कपको उपाधी अर्जुनधारालाई

    ramBy ram२०७६ पुष ८, मंगलवार १६:१४ गते2 Mins Read

    सुरुङ्गा  \  झापाको कनकाई नगरपालिकामा जारी चौथो कनकाई कपको उपाधि अर्जुनधारा नगरपालिकाले हात पारेको छ ।
    कनकाई माविको खेल मैदानमा मंगलवार भएको फाइनल खेलमा बिर्तामोड नगरपालिकालाई ट्राई ब्रेकरमा हराउँदै नगद १ लाख ११ हजार १ सय ११ रुपैँया राशी सहितको उपाधि अर्जुनधाराले हात पारेको हो । प्रतियोगितामा दोस्रो हुने बिर्तामोड नगरपालिकाले नगद ५५ हजार ५ सय ५५ रुपैँयामै चित्त बुझायो ।

       खेल अवधिभर गोल रहित बराबरी भएपछि भएको ट्राईब्रेकरमा समेत दुबै टिमको ४—४ को बरावरी भएपछि खेलको निर्णय सडन डेथमा गरिएको थियो । जसमा अर्जुनधारा ५—४ गोल अन्तरले बिजयी भएको हो । बिजयी तथा उपविजयी हुने दुबै टिमलाई प्रदेश सभा सदस्य हिराकुमार थापा , कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाई, झापा ११ फुटबल क्लवका अध्यक्ष जलकुमार गुरुङ लगायतले नगद र ट्रफि हस्तान्तरण गरेका थिए ।

     प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बिर्तामोडका टिम क्याप्टेन अंकुर तामाङ घोषित भए । उनले पुरस्कार स्वरुप नगद ४ हजार प्राप्त गरेका छन् । फाइनल खेलको म्यान अफ द म्याच अर्जुनधाराका गोलकिपर संजय गुरुङ घोषित भए । उनले नगद २ हजार रुपैँया प्राप्त गरे ।

      आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाईँको सभापतित्व एवम् १ नं. प्रदेशका प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको प्रमुख आतिथ्य रहेको कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी प्यासीले खेलकुदको माध्यमबाट देशको पहिचान मात्रै नभएर मुलुकको समृद्धिमा समेत महत्वपूर्ण भूमिका खेल्न सकिने वताएका छन् । खेलवाट युवाहरुको भविष्य उज्ज्वल हुने बताउँदै प्रमुख अतिथी प्यासीले खेलकुदले समाज र देशलाई समेत मार्गनिर्देश गरिरहेको बताएका छन् ।

      खेल संयोजक राजेन्द्र उप्रेतीको स्वागत तथा सदस्य विनोद रानामगरको संचालन रहेको औपचारिक कार्यक्रममा प्रदेश सभा सदस्य हिरा थापा, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, नेपाली कांग्रेस झापाका नेता देउमान थेबे लगायातले मन्तव्य राखेका थिए । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा झापाका ११ पालिकाको सहभागिता रहेको वताइएको छ ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.