Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्यालेस्टिनी चरमपन्थी समूह हमासले छाडेका ४१ जनामा विपिन जोशी नपरेपछि सरकार थप सक्रिय
    कनकाई खबर बिशेष

    प्यालेस्टिनी चरमपन्थी समूह हमासले छाडेका ४१ जनामा विपिन जोशी नपरेपछि सरकार थप सक्रिय

    कनकाई खबरBy कनकाई खबर२०८० मंसिर १०, आईतवार ११:०० गते2 Mins Read

    काठमाडौं । प्यालेस्टिनी चरमपन्थी समूह हमासले छाडेको ४१ जनामा नेपाली विद्यार्थी विपिन जोशी नपरेपछि नेपाल सरकारले उनको रिहाइका थप पहल गर्ने भएको छ । शुक्रबार २४ जनालाई छाडेको हमासले थप १७ जनालाई नियन्त्रणबाट मुक्त बनाएको छ । तर नियन्त्रण मुक्त भएकाको सूचीमा नेपालका विपिन जोशी छैनन् ।

    परराष्ट्र मन्त्रालय र तेल अविवस्थित नेपाली दूतावासका अधिकारीहरुले जोशीको रिहाइका लागि कूटनीतिक पहल जारी राखेको जनाएका छन् । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले विपिन जोशीको रिहाइका लागि सरकारले थप पहल जारी राखेको बताइन् । सरकारले पूरै क्षमताका साथ कोसिस गरिरहेपनि अहिलेसम्म जोशीकाबारे नयाँ खबरनआएको उनले बताइन् । 

    हमासले १३ इजरायली र ४ थाई नागरिकलाई मुक्त गरेको बीबीसीले जनाएको छ । त्यसको बदलामा इजरायलले ३९ प्यालेस्टिनीलाई छोडेको छ । इजरायलले छाडेका ३९ जनामध्ये ६ जना महिला छन् । अरु सबै १८ वर्षभन्दा कम उमेरका रहेका छन् । उनीहरुलाई अन्तर्राष्ट्रिय रेडक्रस संगठन (आईसीआरसी)का प्रतिनिधिहरुले बस चढाएर वेष्ट बैंकको बैतुनिया शहरतर्फ लगिरहेको भिडियो फुटेज देखिन्छ ।


    कतारको मध्यस्थतामा इजरायल र हमासबीच चार दिने अस्थायी युद्धविराम र बन्दी साटफेर सम्झौता भएको थियो । उनीहरुबाट मुक्त गरिएकाहरुलाई आईसीआरसीको जिम्मा लगाउने गरिएको छ । गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा १० नेपालीसहित १ हजार २०० जनाको ज्यान गएको थियो भने २४० जनालाई उसले बन्धक बनाएको थियो ।

    पहिलो पटक गत शुक्रवार हमासले १३ इजरेली, १० थाई र एक फिलिपिनोसहित २४ जनालाई मुक्त गरेको थियो । दोस्रो पटक हमासले थप १७ जनालाई नियन्त्रणबाट मुक्त गरेको र इजरायलले ३९ जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको इजरायल डिफेन्स फोर्सले पुष्टी गरेको छ । हमासले छाड्ने बन्धकहरुको तुलनामा तेब्बर संख्यामा इजरायलले बन्दीहरुलाई मुक्त गर्दै आएको छ ।

    सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ विद्यार्थीहरु ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए । गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का जोशी सम्पर्कविहीन भएका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.