इलामको फाकफोकथुम गाउँपालिका– ७ का ५५ वर्षीय मनबहादुर लिम्बूको शव गोली लागेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।स्थानीय दौलत लिम्बूको घर पश्चिम पट्टि लिम्बूको शव भेटिएको बताइएको छ।
भरुवा बन्दुकको गोली छातीमा लागे जस्तो देखिने लिम्बूको हातमा पनि चोट रहेको पाइएको प्रहरी नायब उपरीक्षक प्रकाश जगेबूले बताए।लिम्बूको शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र घटनाको अनुसन्धान सुरु गरिएको जबेगूले बताए।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
