जाजरकोट : जाजरकोटमा युवाहरुबिच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुशे गाउँपालिका–२ का जनक शाही रहेका छन् । सोही वडाको धौलाई भन्ने ठाउँमा लागेको स्थानीय मेलामा भएको विवादमा युवाहरुबीच कुटाकुट भएको थियो ।
जसमा ३ जनाले शाही एक्लैलाई कुटपिट गरेपछि शुक्रवार राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । घटनाबारे थप बुझ्न प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
