Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा टेलिकमका सुवेदी दुई महिनादेखि बेपत्ता
    कनकाई नगरपालिका

    सुरुङ्गा टेलिकमका सुवेदी दुई महिनादेखि बेपत्ता

    कनकाई खबरBy कनकाई खबर२०८० मंसिर ७, बिहीबार १७:४८ गते2 Mins Read

    कनकाई/ झापाको सुरुङ्गास्थित नेपाल टेलिकमको शाखा कार्यालयका निमित प्रमुख ३१ वर्षीय दिलीप सुवेदी दुई महिनादेखि बेपत्ता छन् । विराटनगर–४ राजवंशी टोल घर भएका सुवेदी गत भदौ ३० गते कार्यालय परिसरबाट नै बेपत्ता भएका हुन् । 

    जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले भदौ ३० गते बिहान ९:३० बजेदेखि हराएका निमित प्रमुख सुवेदीको खोजीका लागि टोली गठन गरेर परिचालन गरेको बताए ।

    सुवेदी भदौ ३० गते बिहान आफ्नै कार्यालयका पालेसँग बाहिरबाट चिया खाएर आएपछि कार्यालय भवनको माथिल्लो कोठामा गएको र त्यहाँबाट उनले पत्नी बर्जुना भट्टराईसँग २६ मिनेट लामो कुराकानी गरेको अनुसन्धानबाट खुलेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए ।

    ‘निमित्त प्रमुख सुवेदीले श्रीमतीसँग फोनमा कुराकानी गरेपछि खाना खान कार्यालय नजिककै होटलमा जाने भन्दै फोन काटिएको र त्यसपछि उनको मोबाइल स्विच अफ भएदेखि हालसम्म खुलेको छैन,’ ती प्रहरी अधिकृतले भने, ‘सुवेदीलाई कार्यालयबाट बाहिर निस्केको पनि कसैले देखेका छैनन् । कार्यालय अगाडि लगायतका त्यो बाटोमा बसोबास गर्ने प्रत्येक व्यक्तिसँग सोधपुछ गर्नुका साथै सबैतिर फोटो पठाएर अनुसन्धान गरिरहेको तर हालसम्म कहिंबाट कत्तै केही खुल्न सकेको छैन 

    निमित प्रमुख सुवेदीको खोजीका लागि नेपाल टेलिकम केन्द्रीय कार्यालयले पनि विभिन्न सञ्चारमाध्यममा मान्छे हराएको सूचनासमेत प्रकाशन, प्रशारण गराइरहेको छ । सुवेदीले पत्नी बर्जुनासँग दुई वर्ष अगाडि प्रेम विवाह गरेको र हालसम्म सुमधुर सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    सुवेदीका मामाका छोरा विराटनगरका कृष्ण पौडेलले कार्यालयको निमित प्रमुख भएकाले कुनै कसैले रीसइवीमा अपहरण गराएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । तर सुवेदीको खोजी गर्न गठित अनुसन्धान टोलीले टेलिकम सुरुङ्गा शाखाका पालेलाई पोलिग्राफ जाँच समेत गरेर अनुसन्धान गर्दा पनि केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    कार्यालयका अन्य कर्मचारीहरुलाई समेत छानबिन गर्दा पनि अपहरण भएको विषयमा हालसम्म केही नदेखिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले सुनाए । निमित प्रमुख सुवेदी आफैं कही लुकेको वा जानीजानी केही गरेकाले हालसम्म केही खुल्न नसकेको अनुसन्धानमा खटिएका प्रहरीको आशंका छ ।

    प्रहरी उपरीक्षक रेग्मीले अनुसन्धान टोलीले हरेक दृष्टिकोणबाट सुवेदी बेपत्ता घटनाको अनुसन्धान गरिरहेकाले चाँडै घटनाको रहस्य खुल्ने बताए । -Kantipur

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.