काठमाडौं केन्द्रित प्रदर्शनको अघिल्लो दिन दुर्गा प्रसाईंले पत्रकार सम्मेलन गरेर भोलिको तयारीबारे जानकारी दिएका छन् । बुधबार आफ्नो निवास थिमीमा पत्रकार सम्मेल गरी उनले भोलिको प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

उनले एमालेनिकट युवा संघका कार्यकर्ताले गए राति महिलाहरूलाई लखेटेको विषयमा पनि प्रतिक्रिया दिएका छन् । उनले भने, ‘म यो विषयमा राधिका आमा (ओलीपत्नी) लाई सोध्न चाहन्छु, के हो यो व्यवस्था । यही हो गणतन्त्र ?’
प्रसाईंले राजतन्त्रबारे जनमतसंग्रह गर्न पनि मुख्य दलहरूलाई चुनौती दिए । उनले गणतन्त्रकी राजतन्त्र भनेर जनमतसंग्रह गर्न चुनौती दिए ।

ऋणको विषयमा बोल्दै प्रसाईंले आफूले बैंकबाट ऋण लिएको स्वीकार गर्दै आन्दोलन ऋण नतिर्नका लागि नभएको प्रस्ट्याए । उनले आफ्नो धितो लिलामी गर्नसमेत चुनौती दिए । उनले आफूले सबै पीडितहरूका लागि आन्दोलन गरेको बताए ।

