Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सिम्रिक साकोसको १५औं साधारण सभामा पत्रकार पुरी सहित ९२ सम्मानित

    २०८२ आश्विन १२, आईतवार ००:१६ गते

    दशैंको बेला अन्तर्राष्ट्रिय खेलमा व्यस्त नेपाली क्रिकेट टोली

    २०८२ आश्विन १०, शुक्रबार ०९:३६ गते

    रोटरीद्वारा कनकाई माविमा स्मार्ट कम्प्युटर कक्षाको उद्घाटन

    २०८२ आश्विन १०, शुक्रबार ०१:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कर्णाली साकोसको ईकाइ—७ को ईकाइगत साधारण सभा सम्पन्न
    आर्थिक

    कर्णाली साकोसको ईकाइ—७ को ईकाइगत साधारण सभा सम्पन्न

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० मंसिर ५, मंगलवार २०:३० गते4 Mins Read

    कनकाई खबर \ झापाको विर्तामोड—४ मा प्रधान कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको २३औं वार्षिक साधारण सभा अन्तर्गत ईकाइ नं.-७ को ईकाइगत साधारण सभा सम्पन्न भएको छ ।


    सुरुङ्गास्थित कनकाई उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न सभामा ईकाइ नं.—७ अन्तर्गत झिलझिले, शिवगञ्ज, बैगुनधुरा, शरणामति र सुरुङ्गासहित पाँचवटा सेवा केन्द्रका सदस्यहरुको प्रतिनिधिमुलक उपस्थिती रहेको बताइएको छ । संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको सभापतित्व एवं कनकाई नगरपालिका वडा नं.—३ का वडाअध्यक्ष युवराज चम्लागाईँको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

    ईकाइगत साधारण सभाको अवसरमा संस्थाका तर्फबाट उत्कृष्ट बचत कर्ता साथै उत्कृष्ट ऋणीका रुपमा दशजना सदस्यलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा उत्कृष्ट बचत कर्ता तर्फ बिमला पाठक (सुरुङ्गा),सीतादेवी विश्वकर्मा(शरणामति), रमेश शाह(शिवगञ्ज), नविन बस्नेत(बैगुनधुरा), अनुज रोक्का(झिलझिले) रहेका छन् ।


    त्यस्तै उत्कृष्ट ऋणी तर्फ सावित्रा खत्री(सुरुङ्गा),सावित्री राजवंशी(शरणामति), देवीप्रसाद खरेल(शिवगञ्ज),सुनिलकुमार दास(बैगुनधुरा)र भगवती बि.क (झिलझिले) रहेको संस्थाका सचिव भुपाल बस्नेतले जानकारी दिए । सम्मानित सबैलाई संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठ साथै कार्यक्रमका प्रमुख अतिथी कनकाई—३ का वडाअध्यक्ष युवराज चम्लागाईँले सम्मान गरेका हुन् ।

    संस्थाका अध्यक्ष श्रेष्ठले २३ औं वार्षिक साधारण सभामा संचालक समितिका तर्फबाट प्रस्तुत हुने अध्यक्षको प्रतिवेदन प्रस्तुत गरे । अध्यक्ष श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्दै विश्वमा कोरोना महामारी पछिको आर्थिक मन्दीले लामो समय सम्म देशको अर्थतन्त्र, बैंक वित्तिय संस्थामा आएको तरलताको कारण सहकारी क्षेत्र पनि आर्थिक मन्दीको चपेटामा परेको बताए । यस्तो विषम परिस्थितीमा आफ्नो निहित स्वार्थ पूरा गर्न सोझा—सिधा ऋणीहरुलाई उचालेर ऋण तिर्नु नपर्ने गलत हल्लाका कारण सहकारी अभियानलाई बदनाम गर्ने प्रयास भएको जानकारी दिँदै अध्यक्ष श्रेष्ठले यस्तो गलत हल्लाको पछि नलाग्न सम्पूर्ण सदस्यहरुलाई अनुरोध गरे ।


    अध्यक्ष श्रेष्ठले संस्थाको ऐतिहासिक पृष्ठभूमिका बारेमा सभामा जानकारी गराउँदै आजभन्दा २३ वर्ष अघि २०५७ को पौषबाट विधिवत रुपमा संस्था दर्ता गरी ५३ हजार ७ सय चुक्ता शेयर पूँजीबाट कारोबार सुरु गरेको कर्णाली साकोसमा हालको शेयर पूँजी ४८ करोड, ८० लाख, २१ हजार ७ सय रहेको जानकारी दिए । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष ५ करोड, ६ लाख, १७ हजार ६ सय शेयर पूँजी बृद्धि गर्न सफल भएको जानकारी दिँदै अध्यक्ष श्रेष्ठले संस्थाको जगेडा कोषमा १३ करोड, ३८लाख, १ हजार ६ सय ७१ रहेको बताए । आर्थिक वर्ष २०७९\०८० को वित्तिय प्रगति विवरण सार्वजनिक गर्दै अध्यक्ष श्रेष्ठले संस्थाको जम्मा वासलात ४ अर्व, ३६ करोड, २१ लाख, ७ हजार, दुई सय चार भएको जानकारी दिए ।


    हाल सम्म झापासहित इलाम र मोरङ जिल्लामा समेत गरी ४१वटा सेवा केन्द्र संचालनमा रहेको यस संस्थाको झापामा ३२ वटा, इलाममा २ वटा र मोरङमा ७ वटा सेवा केन्द्र मार्फत संस्थाले सेवा दिइरहेको बताइएको छ । संस्था अन्तर्गतका अन्य ५ वटा सेवा केन्द्र समेत संचालनको तयारीमा रहेको बताइएको छ । संस्थामा २०८० को असार मसान्त सम्मको रेकर्डमा ५३ हजार ७८१ शेयर सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ ।


    संस्थाले आगमी आ.व. २०८० \ ०८१ मा सदस्य वृद्धि गरी ६१ हजार ८७५ पुर्याउँने लक्ष्य लिएको छ भने जम्मा वासलातमा वृद्धि गरी रु.५अर्ब, १२ करोड, ६६ लाख, ७ हजार ६ सय ८३ पुर्याउँने लक्ष्य लिएको जनाइएको छ ।


    अध्यक्ष श्रेष्ठले २३औं वार्षिक साधारण सभा समापनसँगै वर्तमान संचालक समितिको पदावधि समापन हुने जानकारी दिए । जसकालागी सहकारी ऐन एवं नियमावली साथै संस्थाको विनियम सहित संचालक समितिको यस अघि नै बसेको बैठकको निर्णयअनुसार विर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्लीराम दहालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिसकेको बताइएको छ । निर्वाचन प्रक्रियाबाट संचालक समितिको ४पदाधिकारी र ९ सदस्य साथै लेखा सुपरिवेक्षण समितिको संयोजक र दुई सदस्य निर्वाचित हुने प्रावधान रहेको जनाइएको छ ।


    संस्थाका कोषाध्यक्ष एकराज विष्टले स्वागत गरेको सभामा लेखा समितिका संयोजक रामकुमार गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । ईकाइगत साधारण सभाको बन्द सत्रमा सहभागी सदस्यहरुले संस्थाका तर्फबाट सदस्यहरुलाई उत्पादनशिल काममा प्रेरित गर्न अनुरोध गरे । त्यस्तै शेयर सदस्यहरुलाई लक्षीत गरी सिपमुलक साथै आयआर्जनको नयाँ कार्यक्रम ल्याउँनु पर्ने, उत्पादन गरेका सामाग्री संस्थाले लिएर बजारीकरण गरिदिनु पर्ने, स्वास्थ्य, शिक्षा, स्वरोजगारको क्षेत्र संस्थाको तर्फबाट सुनिश्चित हुनु पर्ने भन्दै सदस्यहरुले संचालक समितिको ध्यानाकर्षण गराए । संस्थाले गरेको लगानीका विषयमा समय समयमा अनुगमन हुनु पर्ने भन्दै सदस्यहरुले समय सापेक्ष तालिमको व्यवस्था हुनु पर्ने माग गरे ।


    सभामा सदस्यहरुबाट उठेका सवालको जवाफ दिँदै संस्थाका अध्यक्ष श्रेष्ठ साथै सचिव भुपाल बस्नेत लगायतले सदस्यहरुका महत्वपुर्ण सुझावको टिपोट गरिएको भन्दै उचित सुझावको सम्बोधन हुने प्रतिवद्धता जनाए ।


    संस्थाको आगामी पौष ४ गते हुने साधारण सभामा अन्तिम माइन्युट प्रमाणिकरणकालागी सभाले ५ जना सदस्य अनुमोदन गरेको छ । जसमा डुकमाया काफ्ले, जीतनीकुमारी यादव, गोकुल पौडेल, शान्ता कोइराला र गोपाल खरेल रहेका छने । औपचारिक कार्यक्रमको संचालन सचिव भुपाल बस्नेतले गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सिम्रिक साकोसको १५औं साधारण सभामा पत्रकार पुरी सहित ९२ सम्मानित

    २०८२ आश्विन १२, आईतवार ००:१६ गते

    दशैंको बेला अन्तर्राष्ट्रिय खेलमा व्यस्त नेपाली क्रिकेट टोली

    २०८२ आश्विन १०, शुक्रबार ०९:३६ गते

    रोटरीद्वारा कनकाई माविमा स्मार्ट कम्प्युटर कक्षाको उद्घाटन

    २०८२ आश्विन १०, शुक्रबार ०१:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सिम्रिक साकोसको १५औं साधारण सभामा पत्रकार पुरी सहित ९२ सम्मानित

    २०८२ आश्विन १२, आईतवार ००:१६ गते

    दशैंको बेला अन्तर्राष्ट्रिय खेलमा व्यस्त नेपाली क्रिकेट टोली

    २०८२ आश्विन १०, शुक्रबार ०९:३६ गते

    रोटरीद्वारा कनकाई माविमा स्मार्ट कम्प्युटर कक्षाको उद्घाटन

    २०८२ आश्विन १०, शुक्रबार ०१:१० गते

    दशैंको मुखमा भत्ता नपाइने चिन्ताले जेष्ठ नागरिकमा तनाव

    २०८२ आश्विन ९, बिहीबार ०६:३६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.