Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लायन्स क्लव अफ कनकाई दुर्गापुरको अध्यक्षमा खतिवडा

    २०८२ असार १८, बुधबार २२:३६ गते

    रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको नयाँ नेतृत्व चयन

    २०८२ असार १८, बुधबार १५:५१ गते

    एकदिवसीय बृहत फुटसल प्रतियोगिता,मात्र कनकाई फुटसलमा…

    २०८२ असार १२, बिहीबार २१:५१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एनएमसीको ३१औं वार्षिक साधारणसभाः बिर्ताअर्जुन क्षेत्रको ईकाइगत साधारण सभा सम्पन्न
    आर्थिक

    एनएमसीको ३१औं वार्षिक साधारणसभाः बिर्ताअर्जुन क्षेत्रको ईकाइगत साधारण सभा सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८० मंसिर ५, मंगलवार १५:३६ गते3 Mins Read

    झापा \ मुलुकको दोस्रो ठूलो सहकारी संस्थाका रुपमा पहिचान बनाएको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को ३१औं वार्षिक साधारणसभा अन्तरगत ईकाइगत साधारणसभा जारी छ । मंसीर २ गतेदेखि सुरु भएको ईकाइगत साधारणसभाको तेस्रो दिन सोमबार बिर्ताअर्जुन क्षेत्रका १० वटा सेवा केन्द्रमा उपईकाइगत सभा सम्पन्न गरिएको हो ।


    सोही क्रममा बिर्तामोड सेवा केन्द्रको उपईकाइगत साधारण सभा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा बिर्तामोडमा सम्पन्न भएको छ ।


    साधारणसभामा संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले सञ्चालक समितिको तर्फबाट तयार गरिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले वित्तीय कारोबार गर्ने एनएमसीका ५८ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गर्दै आएको संस्थामा गत असार मसान्तमा एक अर्ब ४० करोड ५ लाख १८ हजार ६०० रुपैयाँ शेयर पुँजी रुपैयाँ रहेको जानकारी दिए ।


    यस्तै संस्थागत पुँजी ८१ करोड २३ लाख २६ हजार २० रुपैयाँ, ९ अर्ब ३८ करोड ३० लाख २९ हजार ६८५ रुपैयाँ निक्षेप मौज्दात गरी सदस्यहरु माझ १० अर्ब ६३ करोड ३८ लाख २९ हजार ३१८ रुपैयाँ कर्जा लगानी गरेको अध्यक्ष सिवाकोटीले प्रतिवेदन वाचन गर्दै सुनाए । हाल संस्थाका ५ वटै व्यवसायमा गरी कूल एक हजार १४४ जना कर्मचारी कार्यरत रहेको जनाए ।


    अध्यक्ष शिवाकोटीले प्रतिवेदन प्रस्तुत गर्दै भने, ‘आर्थिक वर्ष २०७९÷०८० को असार मसान्तमा ४४ करोड ७० लाख २८ हजार ८६७ रुपैयाँ बाह्य कर्जा रहेको छ भने समीक्षा वर्षमा भाखा नाघेको कर्जाको प्रतिशत ३ दशमलव ५८ प्रतिशतमा सिमित गर्न सफल भएको छ । समीक्षा वर्षमा संस्थाको खुद नाफा २३ करोड २५ लाख ८७ हजार ३३९ रुपैयाँ रहेको र उक्त मुनाफामध्ये शेयर लाभांश कोषमा जम्मा हुन आएको रकम ९ करोड ४० लाख ४५ हजार ४ रुपैयाँ र संरक्षित पूँजी फिर्ता कोषमा आएको ४ करोड ५० लाख ८३ हजार ८९४ रुपैयाँ नियमानुसार सदस्यहरुमाझ वितरण गरिनेछ ।’


    उक्त साधारणसभामा लेखा सुपरीवेक्षण समितिका संयोजक रचना दाहालले गत आर्थिक वर्षमा संस्थाको सञ्चालक समिति बैठकले गरेका निर्णयहरुको कार्यान्वयनको अवस्था, वित्तीय कारोबारहरु गर्नका लागि निर्माण गरिएका नीतिगत व्यवस्थाको परिपालनाजस्ता विषयहरु समेटिएको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।


    यस्तै संस्थाको भद्रपुर केचना क्षेत्रका प्रमुख हरिमाया ओझाले वार्षिक बजेट तथा कार्यक्रमसहित लेखा परीक्षण प्रतिवेदन वाचन गरेकी थिइन् । उक्त ईकाइगत साधारणसभामा दर्जनौं सेयर सदस्यहरुले प्रतिवेदनमा उल्लेखित विषय एवम् समग्र संस्थाको कारोबारहरुको सम्बन्धमा जिज्ञासा, टिप्पणी र सुझाव प्रस्तुत गरेका थिए ।


    हलबाट छानिएको बुँदा टिपोट समितिका संयोजक गोपाल काफ्लेले सेयर सदस्यहरुबाट लिखित रुपमा प्रस्तुत गरिएका जिज्ञासा, टिप्पणी र सुझावहरु हलसमक्ष प्रस्तुत गरेका थिए ।


    उपईकाइगत साधारण सभाका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख प्रसाईंले मन्तब्य राख्दै अहिले अनेकन चुनौतिका बीचबाट नेपालको सहकारी अभियान अगाडि बढिरहेको बताइन् । कोही कोही मानिस बैंक, सहकारी र लघुवित्तबाट लिएर ऋण नतिर्न उर्दि गर्दै हिंड्ने गरेको बताउँदै नगरप्रमुख प्रसाईंले ‘राज्यको कानून नमान्ने नागरिकले दुख पाउँछन्, आफूले लिएको कर्जा तिर्नुपर्दैन भन्ने कुरा एकादेशको कथा हो, जुन सदैव कथा मात्रै भइरहने’ बताइन् ।
    सो समारोहमा बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास अधिकृत डिल्ली दाहालले बिना धितो कर्जा लगानी नगर्ने संस्थाको नीतिको सराहना गरे । संस्थाको प्रतिवेदन सर्सती पढ्दा र सुन्दा टिप्पणी गर्ने ठाउँ नपाएको प्रष्ट पार्दै अधिकृत दाहालले आफूले सहभागिता जनाएका सहकारीको साधारणसभा मध्ये एनएमसीका सदस्यहरुको सहभागिता मननयोग्य रहेको पनि बताए ।


    लेखा सुपरीवेक्षण समितिको प्रतिवेदनलाई उत्कृष्टको संज्ञा दिँदै अधिकृत दाहालले भने, ‘यति प्रष्ट, बुँदागत टिप्पणी र सुझावहरु अरु संस्थाका प्रतिवेदनमा अटाएको पाएको छैन, एनएमसीको लेखा समिति उत्कृष्ट छ ।’


    संस्थाको बिर्तामोड सेवा केन्द्रगत उपसमितिका संयोजक पर्शुराम मगरको अध्यक्षतामा सेवा केन्द्र प्रमुख धर्मेन्द्र सुवेदीले सञ्चालन गरेको समारोहमा आमन्त्रित अतिथि र सहभागीहरुलाई सेवा केन्द्रगत उपसमितिका सदस्य सविता खनालले शाब्दिक स्वागत गरेकी थिइन् ।


    सो उपईकाइगत साधारणसभाबाट अन्तिम माइन्युट प्रमाणीकरण सभामा प्रतिनिधित्व गर्न ३ जना सदस्यहरु र उपईकाइगत साधारणसभाको माइन्युट प्रमाणित गर्न १६ जना सदस्यहरु मनोनयन गरेको थियो ।


    आगामी मंसीर १६ गते बिर्तामोडमा अन्तिम आइन्यूट प्रमाणिकरण सभा गरिने जनाइएको छ । सहकारीको नियमानुसार ईकाइगत साधारणसभाबाट प्रतिनिधि छनौट हुने र छनौट भएका प्रतिनिधिले अन्तिम माइन्यूट प्रमाणीकरण गरिने ब्यवस्था छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लायन्स क्लव अफ कनकाई दुर्गापुरको अध्यक्षमा खतिवडा

    २०८२ असार १८, बुधबार २२:३६ गते

    रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको नयाँ नेतृत्व चयन

    २०८२ असार १८, बुधबार १५:५१ गते

    एकदिवसीय बृहत फुटसल प्रतियोगिता,मात्र कनकाई फुटसलमा…

    २०८२ असार १२, बिहीबार २१:५१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लायन्स क्लव अफ कनकाई दुर्गापुरको अध्यक्षमा खतिवडा

    २०८२ असार १८, बुधबार २२:३६ गते

    रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको नयाँ नेतृत्व चयन

    २०८२ असार १८, बुधबार १५:५१ गते

    एकदिवसीय बृहत फुटसल प्रतियोगिता,मात्र कनकाई फुटसलमा…

    २०८२ असार १२, बिहीबार २१:५१ गते

    आरएफसी युथ क्लबले सुरुङ्गामा वृहत फुटसल प्रतियोगिता गर्ने

    २०८२ असार १२, बिहीबार २१:३७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.