Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » छठ पर्वमा पत्रकार आलमलाई सम्मान,उदाउँदो सूर्यलाई अर्घ दिँदै सकियो छठ पर्व
    कनकाई नगरपालिका

    छठ पर्वमा पत्रकार आलमलाई सम्मान,उदाउँदो सूर्यलाई अर्घ दिँदै सकियो छठ पर्व

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० मंसिर ४, सोमबार १९:४३ गते3 Mins Read


    कनकाई खबर \ झापाको कनकाईमा सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेको कनकाई छठ सेवा समाजले यस वर्षको छठ पर्वलाई विशेष महत्वका साथ सम्पन्न गरेको छ ।


    पवित्र कनकाई माइको पुर्वी किनारमा संस्थाका तर्फबाट गंगाआरतीसहित विभिन्न कलाकारहरुको सांगितीक प्रस्तुतीका साथ छठ पुजा सम्पन्न गरेको हो । विभिन्न जातजातीहरुको साँस्कृतिक झाँकीसहितको र्यालीले सुरुङ्गा बजार परिक्रमा गरी नदी किनारमा तयार पारिएको पण्डाल सहितको पुजास्थलमा ब्रतालुहरु पूजाआराधनामा लागेका थिए ।

    आइतबार अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिएर घर घरमा जाग्राम बसेका व्रतालुहरूले सोमबार बिहान उदाउँदो सूर्यको पूजाआराधनासहित अर्घ दिएर छठ पर्वको समापन गरेका हुन् । व्रत नबसेकाहरूले पनि उदाउँदो सूर्यको पूजा गर्ने चलन छ । सूर्यको आराधना गरेर मनाइने यो पर्व तिहारको लक्ष्मीपूजाको चार दिनपछि अर्थात कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनदेखि विधिवत रूपमा शुरु हुन्छ ।


    सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रूपमा मनाउने गरिएको छठ पर्व तराईमा बस्ने भोजपुरी र मैथिली भाषी हिन्दु समुदायको मुख्य पर्व भएपनि पछिल्लो समय सबै जातजातीको साझा पर्वका रुपमा विकास हुँदै आएको छ ।


    छठ पर्वलाई निकै कठिन पर्व मानिन्छ । सूर्य र जलको शक्ति तथा महत्व झल्काउने यस पर्वमा सफा र चोखो हुनुपर्ने तथा शुद्ध खाने कुरा खानुपर्ने मान्यता छ । नेपालमा पहिला तराई क्षेत्रमा सीमित रुपमा रहेको यो पर्व केही वर्षदेखि काठमाडौँ उपत्यका तथा विभिन्न पहाडी जिल्लामा पनि मनाउन थालिएको छ ।

    छठ पर्व हरेक वर्ष कार्तिक शुक्ल चतुर्थीका दिन व्रत आरम्भ गरी सप्तमीको दिन पूरा गरिन्छ । छठमा विशेषगरी सूर्य र छठी माताको पूजा आराधना गर्ने परम्परा रहेको छ । छठ पूजाको विधिपूर्वक उपासना गर्नाले पारिवारिक सुख–समृद्धि प्राप्त हुने र छालाको रोग नाश हुने विश्वास गरिएको छ ।


    यसै क्रममा कनकाई छठ सेवा समाजका अध्यक्ष विजय शर्माको सभापतित्वमा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य साथै नगर उपप्रमुख आशा शिवाकोटीको विशेष आतिथ्यता रहेको औपचारिक कार्यक्रममा सहभागी सबैलाई कार्यक्रम संयोजक समाजका वरिष्ठ उपाध्यक्ष मुन्ना शाहले शाव्दीक स्वागत गरेका थिए ।


    समाजका संस्थापक अध्यक्ष उपेन्द्र प्रधानले संस्थाको भावी योजनासहित कार्यक्रमको औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा एकजना पत्रकारसहित अन्य केही व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । यसरी सम्मानीत हुनेमा पत्रकार तर्फ कनकाई खबर डटकम अनलाइनसहित कनकाई खबर साप्ताहिकका सम्बाददाता इसाक आलम (समिर)रहेका छन् ।

    संचारको माध्यमबाट संस्थाको चौतर्फी विकासमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै पत्रकार आलमलाई कार्यक्रमका प्रमुख अतिथीसहित समाजका अध्यक्ष साथै कार्यक्रम संयोजक लगायतले फुलमाला, दोसल्ला र सम्मान पत्रका साथ सम्मान गरेका हुन् ।


    त्यस्तै संस्थाको नियमित वार्षिक कार्यक्रम अन्तर्गत समाजका अग्रज व्यक्तित्वका रुपमा मिथिलेशप्रसाद शाहलाई सम्मान गरिएको छ । सम्मानकै क्रममा संस्थाको शिक्षा विधा तर्फ विभिन्न तहमा उत्कृष्ट अंक प्राप्त गर्ने छठ समाजको परिवारभित्रका तीनजना विद्यार्थीलाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरिएको छ । यसरी सम्मानीत हुने विद्यार्थीहरुमा मुकेशकुमार शर्मा , भारतीकुमारी शाह र जीहाङ महासेठ रहेका छन् ।


    कार्यक्रमकै अवसरमा कनकाई छठ सेवा समाजको कार्यसमितिले संस्थाको सल्लाहकारका रुपमा समाजका केही अग्रज व्यक्तित्वहरुलाई मनोनीत गरी प्रमाण पत्र समेत प्रदान गरेको छ । सल्लाहकारका रुपमा मनोनीत समाजका अग्रज व्यक्तित्वहरुमा नवलकिशोर दत्त, नरेश पोद्धार, शिवशंकर महासेठ, लक्ष्मीप्रसाद शाह रामहृदय सहनी र पवन ठाकुर रहेका छन् । सोही अवसरमा संस्थालाई आर्थिक सहयोग गर्ने दाताका रुपमा समाजसेवी एवं कोटीहोम धार्मिक संस्थाका अध्यक्ष शेरवहादुर थापालाई कदर पत्र प्रदान गरिएको छ ।


    संस्थाका महासचिव रविन्द्र गुप्ताले संचालन गरेको औपचारिक कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख पोखरेल, उपप्रमुख शिवाकोटी, कनकाई—३का वडाअध्यक्ष युवराज चम्लागाईँ, जामुनबारी सामुदायिक वन समूहका अध्यक्ष ख्यामराज सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.