Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई छठसेवा समाजले भव्य रुपमा छठ पुजा मनाउँदै
    कनकाई नगरपालिका

    कनकाई छठसेवा समाजले भव्य रुपमा छठ पुजा मनाउँदै

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० मंसिर ३, आईतवार १४:४२ गते2 Mins Read

    फायल फोटो

    कनकाई खबर \ सवै जातजातीहरुले सामूहिक पर्वका रुपमा मनाउँदै आएको छठ पर्वलाई अझै व्यवस्थित बनाउँनकालागि कनकाई छठ सेवा समाजले यस पटक छठपुजाको तयारीलाई थप विशेष रुपमा बेहुली झैं सिँगारेको छ ।


    छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ ।


    ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ । कनकाई छठ सेवा समाजका संस्थापक अध्यक्ष उपेन्द्र प्रधानले तराई केन्द्रित छठ पछिल्लो समय राजधानीसँगै अन्य क्षेत्रका समुदायले मनाउँदा सामाजिक सद्भाव र एकता कायम भएको बताए ।


    छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।
    यसै अवसरमा पवित्र कनकाई माईको पूर्वी किनारमा हरेक वर्ष झैं यस वर्ष पनि विभिन्न कलाकारहरुसहितको सांगितीक कार्यक्रमका साथमा छठ पुजा सम्पन्न गर्ने योजनाका साथ पुजास्थललाई बेहुली झैं सिँगारिएको कनकाई छठ सेवा समाजका अध्यक्ष विजय शर्माले वताए ।


    ब्रतालुहरुकालागि सहज होस् भन्ने उद्येश्यका साथ नदी किनारमा विभिन्न ७० वटा घाट निर्माण भएको साथै अस्थायी शौचालय सहितको व्यवस्था गरिएको अध्यक्ष शर्मा बताउँछन् ।


    विभिन्न जातजातीहरुको साँस्कृतिक झाँकीसहितको र्यालीले सुरुङ्गा बजार परिक्रमा गरी नदी किनारमा तयार पारिएको पुजास्थलमा औपचारिक कार्यक्रमकालागी सहभागी हुने गरी कार्ययोजना बनाएको समाजका महासचिव रविन गुप्ता बताउँछन् । छठपुजालाई थप व्यवस्थित बनाउँन कनकाई छठ सेवा समाजको अगुवाईमा कोटीहोम क्षेत्रसहित कनकाई माइको पुजास्थल सम्म सरसफाईको कार्यक्रम समेत यस अघि नै सम्पन्न गरिसकेको महासचिव गुप्ताले जानकारी दिए ।


    कार्यक्रम सफल पार्न छठ सेवा समाजका बरिष्ठ उपाध्यक्ष मुना शाहको संयोजकत्वमा १९ सदस्यीय मुल आयोजक समिति साथै सात वटा विभिन्न उपसमिति समेत सक्रिय रहेको घाट व्यवस्थापन समितिका संयोजक श्याम पंजीयार बताउँछन्। सबै समितिले आ–आफ्नो जिम्मेवारी अनुसारको काम गरिरहेको संयोजक पंजीयारले जानकारी दिए ।


    छठ पर्वकै अवसरमा कनकाई —८ स्थित बिरिङ नदिको पुर्वी किनारमा समेत घाट निर्माण गरी पुजाको विशेष तयारी गरिएको छ । त्यस्तै दमक–७ स्थित रतुवा नदीको घाटमा एकैठाउँमा छठ पूजाका लागि पण्डालसहितको घाट निर्माण गरी पुजाको तयारी गरिएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.