Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सहारा नेपालको प्रतिनिधी छनौटमा सम्मान
    समाचार

    सहारा नेपालको प्रतिनिधी छनौटमा सम्मान

    ramBy ram२०७६ पुष ४, शुक्रबार १२:१५ गते2 Mins Read

    कनकाई खबर डेक्स  \  सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुरुङ्गा सेवा केन्द्रले स्थानीय साधारण सभाको अवसरमा संस्थाका उत्कृष्ट १२ जना व्यवसायीहरुलाई विभिन्न विधामा सम्मान गरेको छ ।

       यसरी सम्मानित हुनेहरुमा उत्कृष्ट ऋणी तर्फ पदमप्रसाद अधिकारी, धनकुमारी पौड्याल, डिकवहादुर बुढाथोकी र रेनुका जोशी रहेका छन् । त्यस्तै उत्कृष्ट व्यवसायी तर्फ सीतादेवी भट्टराई, राजु बास्कोटा, भुवन अधिकारी र प्रमिलाकुमारी शाह रहेका छन् । त्यस्तै संस्थाका उत्कृष्ट बचतकर्ता तर्फ सीतादेवी गौतम पौडेल, अनिता बस्नेत, रामबाबु शाह र दिलिप बि.क. रहेको सुरुङ्गा सेवा केन्द्रका संयोजक खड्गप्रसाद प्रसाईँले बताएका छन् ।

        त्यस्तै सुरुङ्गास्थित कनकाई उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न भएको स्थानीय साधारण सभामा सदस्य परिवार राहत कार्यक्रम अन्तर्गत ७५ वर्ष उमेर नाघेका कनकाई ३ सुरुङ्गा निवासी संस्थाका शेयर सदस्य पदमवहादुर न्यौपानेलाई तेस्रो किस्ता स्वरुप नगद रु.१ लाख प्रदान गरिएको छ । सम्मानित सवै सदस्यहरुलाई नगदसहित सम्मान पत्र र खादा ओढाएर विशेष सम्मान गरिएको संस्थाका सहसचिव ज्ञानुनाथ मैनालीले वताएका छन् ।      संस्थाको यहि पौष २६ गते विर्तामोडको अग्रसेन भवनमा हुने २३ औं केन्द्रिय साधारण सभाकालागि सवै सेवा केन्द्रहरुमा विभिन्न चरणमा २० वरावर १ का आधारमा हाल प्रतिनिधी छनौटको कार्य भइरहेको सहसचिव मैनालीले बताए । सुरुङ्गा र कुमरखोद सेवा केन्द्र अन्तर्गत १७ सय ८० शेयर सदस्यहरुका माझ संस्थाको नियमअनुसार ८९ जना प्रतिनिधी छनौट सर्वसम्मत रुपमा भएको सेवा केन्द्र प्रमुख गोमा बस्नेतले वताएकी छन् ।

        सुरुङ्गा सेवा केन्द्रमा मंसिर २७ गतेदेखि सुरु भइ पुष ४ गते विहिवार सम्ममा विभिन्न चरणमा गरी सर्वसम्मत रुपमा प्रतिनिधी छनौट भएको हो । कार्यक्रममा संस्थाका तर्फवाट केन्द्रिय साधारण सभाकालागि तयार गरिएको वार्षिक प्रगति प्रतिवेदन, वार्षिक नीति तथा कार्यक्रम र बजेट साथै लेखा परीक्षण प्रतिवेदन समेत प्रस्तुत गरिएको वताइएको छ ।

      सुरुङ्गा सेवा केन्द्र अन्तर्गतको स्थानीय साधारण सभामा संस्थाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौला, सहसचिव ज्ञानुनाथ मैनाली, कोषाध्यक्ष डम्बरवहादुर देउजा, लेखा सुपरिवेक्षण समिति संयोजक भरतकुमार भट्टराई, नेत्रप्रसाद नेपाल, ईश्वरप्रसाद भट्टराई, नरहरी न्यौपाने, लक्ष्मण खतिवडा, पदमलाल भट्टराई, श्याम दहाल ,एकराज गिरी, भिम खबास, युवराज निरौला, उरा मिश्र, सुरुङ्गा सेवा केन्द्रका संयोजक खड्ग प्रसाईँ लगायतले सहजीकरण गरेको सेवा केन्द्र सुरुङ्गाका कर्मचारी रमेश पौडेलले जनाएका छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.