काठमाडौं, २८ कात्तिक । नेपाल दूर सञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटक बन्द नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।
आज (मंगलबार) प्राधिकरणले सूचना जारी गर्दै हिजो (सोमबार) को मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको हो ।इन्टरनेट प्रदायक कम्पनीहरुले निर्देशन पालना नगरे दूर सञ्चार ऐन–२०५३ बमोजिम कारबाही गर्ने पनि प्राधिकरणले चेतावनी दिएको छ ।
हिजो (सोमबार) बसेको मन्त्रिपरिषद्को विशेष बैठकले टिकटक बन्द गराउने निर्णय गरेको थियो । टिकटकले समाजमा विकृति, विसंगति भित्र्याएको र सामाजिक सद्भाव खलबल्याएको सरकारको ठहर छ ।

कमेन्टस्
