Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गामा १ सय ३१ जनाले रक्तदान गरे
    समाचार

    सुरुङ्गामा १ सय ३१ जनाले रक्तदान गरे

    ramBy ram२०७६ पुष ३, बिहीबार १४:०१ गते2 Mins Read

      राम निरौला

    कनकाई खबर  \  अन्तर्राष्ट्रिय आप्रवासी दिवस एवम् सिभिल बैंक लिमिटेडको ९औं वार्षिकउत्सवको अवसर पारेर सुरुङ्गामा विहिवार सम्पन्न भएको रक्तदान कार्यक्रममा १ सय ३१ जनाले रक्तदान गरेका छन् ।

       सिभिल बैंकले आफ्नो वार्षिक उत्सवको अवसरमा संयोजन गरेको रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखा, सुरुङ्गा जेसीज, रोटरी क्लव अफ सुरुङ्गा, कनकाई उद्योग वाणिज्य संघ, सुरुङ्गा सहकार्य युवा क्लवसहितका स्थानीय क्रियाशिल सामाजिक संस्थाहरुको संयुक्त आयोजनामा सम्पन्न भएको सिभिल बैंक शाखा सुरुङ्गाका प्रमुख प्रकाश निरौलाले वताएका छन् ।

      स्थानीय क्रियाशिल संघसंस्थाहरुको एकतालाई अझै सुमधुर बनाउँदै अघि बढ्ने उद्येश्यका साथ कार्यक्रमलाई सहज रुपमा सम्पन्न गर्न केही सामाजिक साथै शैक्षिक संस्थाहरुले सहयोगीका रुपमा भूमिका खेलेको वताइएको छ । जस अनुसार स्थानीय सहयोगी संस्थाहरुमा युवा रेडक्रस सर्कल युनिक बहुमुखी क्याम्पस, यु.रे.स.कनकाई मावि, यु.रे.स.पशुपति अंग्रेजी मावि, यु.रे.स.झापा मेरीगोल्ड अंग्रेजी मावि साथै ज्ञानज्योती युवा क्लव, कनकाई भेट्रान क्लव, सुर्योदय क्लव, कनकाई नगर बाल संजाल लगायत रहेको वताइएको छ ।

       बन्द निषेधित शान्ती क्षेत्रका रुपमा लामो समयदेखी आफ्नो अस्तित्व कायम रहँदै आएको कनकाई नगरको सुरुङ्गा क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुले जनसरोकारका विषयमा एकैसाथ रहेर संयुक्त रुपमा कार्यक्रम सम्पन्न गर्दै आएका छन् । धार्मिक तथा पर्यटकीय नगरीका रुपमा समेत परिचित झापाको कनकाई नगरमा रहेका क्रियाशिल संघसंस्था विच महत्वपूर्ण विषयमा भएको एकता कायम रहनु पर्ने भन्दै कार्यक्रमका सहभागीहरुले एकताको निरन्तरताकालागि जोड दिएका छन् ।

        नेपाल रेडक्रस सोसाइटी सुरुङ्गाा उपशाखाका सभापति प्रविन तिम्सिनाको अध्यक्षता एवम् कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुडालको प्रमुख आतिथ्यता रहेको रक्तदान कार्यक्रमको रेडक्रस दमक शाखा रक्त संचार विभागको प्राविधिक सहयोग रहेको वताइएको छ । झापा मेरीगोल्ड अंग्रेजी माविका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको रक्तदान कार्यक्रममा कनकाई उद्योग वाणिज्य संघका महासचिव तुलसी विमलीले औचित्यमाथि प्रकाश पारेका थिए ।

       सुरुङ्गा सहकार्य युवा क्लवका अध्यक्ष टिकाराम भण्डारी(सुदिप) को स्वागत तथा सुरुङ्गा जेसीजका कानुनी सल्लाहकार त्रिलोचन उप्रेतीले संचालन गरेको कार्यक्रममा कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, सिभिल बैंक शाखा सुरुङ्गाका प्रमुख प्रकाश निरौला, कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली लगायतले मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.