Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एसपीले खोसे कमल गाउँपालिका का मर्डी परिवारको सहारा
    कमल गाउँपालिका

    एसपीले खोसे कमल गाउँपालिका का मर्डी परिवारको सहारा

    कनकाई खबरBy कनकाई खबर२०८० कार्तिक २८, मंगलवार १५:२२ गते4 Mins Read

    झापा, कात्तिक २८ । साँझ ७ बज्न लागेको थियो । शुक्रवार दिनभरि धानको बिटा बोकेर थाकेका कमल गाउँपालिका ६ गोहावारीका १८ वर्षीय अनिल मर्डी खाना खाइवरी ओछ्यानमा पल्टिसकेका थिए । त्यहि बेला साथीहरु खगेन्द्र ताजपुरिया र पूजन राजवंशी घर आइपुगे ।

    साथीहरुले दमकसम्म पुगेर आउन गरेको आग्रहलाई अनिलले टार्न सकेनन् ।सुत्न लागेका अनिल जुरुक्क उठे अनि खगेन्द्रले ल्याएर आएको बाइकको पछिल्लो सिटमा चढे । खगेन्द्रले चलाएको बाइकको बीचमा चाहिँ पूजन राजवंशी खाँदिएका थिए । ‘म दमक पुगेर आइहाल्छु भनेपछि मैले चाँडो आइज है भने’, आमा मन्जलीले सुनाइन्,‘तर, अबेरसम्म छोरा आएन ।’ ‘आइहाल्छु है’ भनेर हिडेको छोराको अचानक मृत्युको खवर पो आयो । खवर सुनेर आमा अचेत भइन् ।

    मर्डी परिवारका एक्ला छोरा अनिल घरको वायरिङ सिक्दै थिए । भेटेरिनरी पढ्ने उनको ठूलो धोको थियो । तर, विपन्नताले धोको पुरा गर्न दिएन । अन्ततः उनी वायरिङ सिकेर परिवारको गर्जो टार्ने योजनामा थिए । बेला बेला खेतमा काम गर्न पनि जान्थे । जीवनभर हली बसेपछि जमिनदारले दिएको एक कठ्ठा जमिनमा सानो झुपडी हालेर मर्डी परिवार बसेका छन् । अनिलका बुबा बब्लु गत वर्ष वैदेशिक रोजगारीका लागि खाडी गएका थिए । दुई दिदी बहिनी र आमाको एक्लो सहारा अनिल नै थिए । ‘हाम्रो सहारा नै गुम्यो’, आमा मन्जलीले बिलौना गरिन् ।
    गौरादहमा रहेकी अनिलकी दिदी शोभालाई राति ९ः३८ मा अपरिचित नम्वरबाट फोन आयो । पहिलो कल उनले उठाइनन् । दोस्रो कल उठाउँदा अनिलको दुर्घटनामा मृत्यु भएको खबर कसैले दियो । उनले गौरादहबाट गोहावारीमा फोन गरेर खबर गरिन् । आमा मन्जलीलगायत आफन्त खबर सुन्नेबित्तिकै अत्तालिदै बीएण्डसी अस्पतालतिर दौडिए ।

    हाउजी बिङ्गो खेल्न दमकतिर निस्किएका तीनै जनाले महोत्सव हेर्न भनी अचानक मेचीनगरको धुलावारीतिर जाने योजना बुनेछन् । उनीहरु कनकाई नगरपालिका ८ बिरिङ पुल आइपुग्दा करिव ९ बज्न लागेको थियो । पुल पार गर्नै लागेका थिए , पूर्वबाट पश्चिमतिर आइरहेको मे १ च ७८३९ नम्बरको स्कोरपिओ गाडीले ठक्कर दियो ।संघीय प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी उपरीक्षक भीमबहादुर दाहाल आफैले हाँकेको गाडीले अघिल्लो गाडीलाई ‘ओभरटेक’ गर्ने क्रममा मर्डीलगायतका युवा चढेको बाइकलाई ठक्कर दिएको थियो । दाहाललाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार अघिल्लो गाडीलाई ओभरटेक गर्न खोज्दा पश्चिमतिरबाट तीव्रगतिमा आएको बाइक ठोक्किन पुगेको थियो ।

    ‘एसपी सावले चलाएको गाडी यति तीब्र गतिमा रहेछ कि ठोक्किनेबित्तिकै बाइकमा सवार तीनमध्ये दुई जना त पुलबाट तल बिरिङ खोलामा झरेका थिए’, अनिलका काका मानसिंह मर्डीले भने,‘ओभरटेककै कारण दुर्घटना भएको देखिन्छ ।’ दुर्घटनापछि एसपीले झापा प्रहरीलाई जानकारी गराए । घाइतेलाई अस्पताल पठाउन सघाएर उनी धरानतिर लागे । बाइक चालक घाइते ताजपुरिया मात्रै दुर्घटनास्थलमा देखिए ।

    उनलाई मात्रै एम्वुलेन्समा हालेर अस्पताल लगियो । पछि उनले अरु दुई जना साथीहरु पनि रहेको बताएपछि प्रहरीले करिव एक घन्टापछि पुनः घटनास्थल पुगेर खोजतलास गर्दा पुलमुनि छटपटाइरहेको अवस्थामा दुई जना घाइतेलाई फेला पारी अस्पताल लगिएको थियो । ‘समयमै उद्धार गरेको भए अनिलको पनि बाँच्न सक्ने सम्भावना थियो’, एक आफन्तले भने,‘तर, प्रहरीको लापर्वाहीले उनीहरुको उपचार ढिलो भयो ।’

    टाउकोमा गम्भीर चोट लागेका अनिलको घटनास्थलमै मृत्यु भइसकेको थियो । राजवंशीको अहिले आइसीयुमा उपचार भइरहेको छ । चालक ताजपुरियाको अवस्था सामान्य छ । ताजपुरियाले प्रहरीलाई दिएको बयान अनुसार तीनै जनाले दमकमा रक्सी खाएर पूर्व लागेका थिए । ‘गाडीको तीव्रता हेर्दा एसपी सावले पनि रक्सी पिएको अनुमान गर्न सकिन्छ’, एक आफन्तले भने । प्रहरीका अनुसार उनीहरूले मापसे गर्नुका साथै एकै बाइकमा तीन जना बिनाहेल्मेट चढेको र चालकसंग लाइसेन्स समेत नरहेको पाइएको छ ।

    मन्जली आफन्तसहित राति नै अस्पताल पुगिन् । तर, छोराको अनुहार हेर्न पाइनन् । बिहान इलाका प्रहरी कार्यालयमा जाहेरी दिन गइन् । तर, प्रहरीले जाहेरी लिनै मानेन । ‘एक जना सांसदलाई भनेपछि मात्रै पुलिसले जाहेरी लियो’, अर्का आफन्तले भने,‘नत्र जाहेरी नै लिन मानेको थिएन ।’ प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) राजेशनाथ बास्तोलाले दुर्घटनामा संलग्न एसपी दाहाललाई कानुनबमोजिम कार्वाही हुने जनाए । उनले भने,‘दुर्घटनाको कानुनले जे आकर्षित गर्न त्यही बमोजिम कार्वाही हुन्छ ।’ दाहाल अहिले इलाका प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कमल गाउँपालिका ७ बाट गाँजा र ब्राउन सुगरसहित चारजना पक्राउ

    २०८० माघ ११, बिहीबार ११:३५ गते

    झापाको पहिलो फिफा रेफ्री बने श्याम दनुवार

    २०८० पुष २१, शनिबार ११:५८ गते

    झापाको कमल गाउँपालिकामा छोराले दाउले हिर्काउँदा बाबुको मृत्यु

    २०८० मंसिर ११, सोमबार ०८:४४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.