Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » विभिन्न सांस्कृति प्रस्तुतीसहित जनकल्याण समाजको साधारण सभा सम्पन्न
    कनकाई नगरपालिका

    विभिन्न सांस्कृति प्रस्तुतीसहित जनकल्याण समाजको साधारण सभा सम्पन्न

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० कार्तिक २६, आईतवार ०८:२१ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई —७, दुर्गापुरस्थित सामाजिक क्षेत्रमा क्रियाशिल जनकल्याण समाजले दिपावलीको शुभअवसर पारेर विभिन्न सांस्कृतिक प्रस्तुतीसहित ३६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

    संस्थाका अध्यक्ष लीलावहादुर कन्दङवाको सभापतित्व एवं प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा विभिन्न सांस्कृतिक प्रस्तुती सहित चाडपर्व विशेष शुभकामना आदानप्रदान गरिएको थियो ।


    साधारण सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य साँवाले हिंसामुक्त समाज निर्माणकालागी एकताका साथ अघि बढ्न सबैलाई अनुरोध गरे
    देश संकटको घडिमा रहेको भएपनि आफ्ना संस्कृति एवं संस्कारहरुलाई प्राथमिकताका साथ अघि बढाउँदै हिंसामुक्त समाज निर्माणमा एकजुट हुन सांसद साँवाले आग्रह गरेका हुन् । हरेक चाडपर्वको आ—आफ्नै विशेषता भएकाले चाडपर्वहरुलाई साँस्कृतिक महत्वको पर्वका रुपमा विकास गर्नु पर्नेमा सांसद साँवाको जोड थियो ।

    चाडपर्वमा भड्किलो व्यवहार गर्ने, अनावश्यक खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै उनले नेपालीहरुका सबै किसिमका चाडपर्वले आपसी एकता, शान्ति र सकारात्मक सोच विकास गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे । सोही अवसरमा सांसद साँवाले आफ्नो पहलमा भौतिक पुर्वाधारसँगै विकास निर्माणमा भएको प्रगतिको बारेमा समेत जानकारी गराए ।


    साधारण सभाको अवसरमा धान नाच, च्याब्रुङ सहित राजवंशी समाज, चौधरी, भुजेल, मगर, तामाङ लगायतका समूहबाट आ—आफ्नै भेषभुषामा सजिएका कलाकारहरुबाट नृत्य प्रस्तुत गरिएको थियो । विभिन्न स्थानबाट नृत्य प्रस्तुतीकालागी आएका जातजातीका समूहलाई प्रशंसा पत्र सहित यातायात खर्च समेत प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।


    कार्यक्रममा संस्थाका अध्यक्ष कन्दङवाले भावी योजना सहितको संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कन्दङवाले आज भन्दा ३६ वर्ष अघि स्थानीय अग्रज समाजसेवी व्यक्तित्वहरुको पहलमा विशुद्ध समाज सेवा गर्ने उद्येश्यका साथ स्थापना भएको संस्थाले स्थानीय स्तरमा शैक्षिक, सांस्कृतिक, वौद्धिक,खेलकुद, कला, साहित्य सहित समाज रुपान्तरणका क्षेत्रमा महत्वपुर्ण काम गर्दै आएको बताए । संस्थाको मातहतमा रहने गरी सुचनाप्रविधिको क्षेत्रमा स्थानीयबासीलाई सुविधा प्रदान गर्ने उद्येश्यका साथ नागरिक सुचना केन्द्र समेत संचालनमा रहेको बताइएको छ ।


    संस्थाका उपाध्यक्ष प्रेमप्रसाद भण्डारीले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा कनकाई —७ का वडाअध्यक्ष भिष्मभुषण सिटौला, साझा सहकारी संस्था दुर्गापुरका अध्यक्ष गोपाल उप्रेती लगायतले चाडपर्व विशेष शुभकामना सहित कार्यक्रमको सफलताको कामना गरे ।


    कनकाई वडा नं.७ का जनप्रतिनिधिसहित स्थानीयस्तरका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, समाजसेवी, सुरक्षाकर्मी, संचारकर्मी लगायत स्थानीयबासीको उल्लेख्य सहभागीता रहेको कार्यक्रमको संचालन संस्थाका सचिव हर्कबहादुर ल्वागुनले गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.