Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई प्याब्सनद्वारा सांस्कृतिक कार्यक्रम सम्पन्न
    समाचार

    कनकाई प्याब्सनद्वारा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ramBy ram२०७६ मंसिर २९, आईतवार १६:२२ गते2 Mins Read

    कनकाई खबर  \  निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल ( प्याब्सन ) कनकाई नगर समितिको आयोजनामा दुई दिवसीय कनकाई नगर स्तरीय सांस्कृतिक कार्यक्रम गायन तथा नृत्य प्रतियोगिता शुक्रबार चम्पा फ्लावर्स अंग्रेजी बिद्यालय कनकाई नगरपालिका ३ को प्राङ्गणमा सम्पन्न भएको छ ।

    प्याब्सन कनकाई नगरका अध्यक्ष विनोद सुब्बाको अध्यक्षता , कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलको प्रमुख आतिथ्य साथै प्याब्सन झापाका अध्यक्ष एलपी उप्रेती, प्याव्सन १ नं. प्रदेशका सदस्य डिआर सुवेदीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा कनकाई नगर भरिका १५ वटै निजी तथा आवासीय बिद्यालयको सहभागिता रहेको थियो ।

    मा. बि. स्तरीय लोक तथा सांस्कृतिक सामुहिक नृत्य प्रतियोगितामा प्यारागन एकाडेमी प्रथम , नव युग शिक्षा निकेतन द्वितीय र पशुपति अंग्रेजी मावि तृतीय भएको चम्पा फ्लावर्स अंग्रेजी विद्यालयका प्रिन्सिपल बिमान लामाले बताएका छन ।
    प्रिन्सिपल लामाका अनुसार कक्षा ५ सम्मको आधुनिक नृत्य प्रतियोगितामा प्यारागन एकाडेमी प्रथम , बिद्योदय अंग्रेजी मावि द्वितीय र पशुपति अंग्रेजी मावि तृतीय भएका छन । कक्षा ८ सम्मको स्वदेश गीतमा गरिएको नृत्य प्रतियोगितामा प्यारागन एकाडेमी प्रथम , नवयुग शिक्षा निकेतन द्वितीय र पशुपति अंग्रेजी मावि तृतीय भएका छन ।

    गायन तर्फ १२ बर्ष मुनिको प्रतियोगितामा दिब्यरत्न माविकी छात्रा प्रेरणा ओली प्रथम , प्यारागन एकेडेमीकी छात्रा साधना चिमरिया द्वितीय र पाथिभरा एकेडेमी लक्ष्मीपुरकी एलीसा कालिकोटे तृतीय भएका छन भने १२ बर्ष माथिको गायन प्रतियोगितामा पशुपति अंग्रेजी माविका छात्र अंकित राई प्रथम , प्यारागन एकेडेमीकी छात्रा श्रुति बुढाथोकी द्वितीय र चम्पा फ्लावर्स अंग्रेजी माविका निखिल मगर तृतीय भएका छन ।

     प्रतियोगिताको निर्णायक मण्डलमा गायन तर्फ दिपक रायमाझी र सरोज दाहाल रहेका थिए भने नृत्य तर्फ देवश्री नृत्य सेन्टर सुनसरीका देवराज खड्का र दमक विहानी कला केन्द्रका विमल नेपाल रहेका थिए । कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने सहभागीलाई कार्यक्रमका अध्यक्ष विनोद सुब्बाको हातबाट शिल , मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । यस कार्यक्रममा प्रथम हुने प्रतियोगी प्याब्सन जिल्लाले आयोजना गर्ने जिल्लास्तरीय प्रतियोगितामा समावेश हुने प्याब्सन कनकाई नगरका सल्लाहकार अखिल कोइरालाले वताएका छन ।

    बालबालिकालाई राष्ट्रिय कलाकार बनाउन प्याब्सनले खेलेको भुमिकाको मुक्त कण्ठले प्रसंशा गर्दै प्रमुख अतिथि पोखरेलले बधाई तथा शुभकामना ब्यक्त गरेको कार्यक्रममा विशिष्ट अतिथी प्याव्सन झापाका अध्यक्ष एलपी उप्रेतीले बधाई तथा शुभकामना मन्तब्य राखेका थिए ।

    शैक्षिक ब्यक्तित्व , बिद्यार्थी , अभिभावक , संघसंस्थाका प्रतिनिधी लगायत उपस्थित सम्पूर्णलाई उद्घाटन कार्यक्रममा स्वागत प्याब्सनका नगर सचिव केशव बेडारीले गरेका भिए भने संचालन नगर कोषाध्यक्ष सागर ढुङ्गानाले र समापन कार्यक्रमको संचालन सचिव केशव बेडारीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते

    कनकाई नगर प्रमुख पोखरेललाई मातृ शोक, मंगलबार दिउँसो १ बजे दाहसंस्कार गरिने

    २०८३ जेष्ठ १८, सोमबार २२:०० गते

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.