Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » समाजसेवी बहुउद्येश्यीयको १० करोडको कारोबार
    समाचार

    समाजसेवी बहुउद्येश्यीयको १० करोडको कारोबार

    ramBy ram२०७६ मंसिर २९, आईतवार १४:०० गते3 Mins Read

    कनकाई खबर  \  झापाको कनकाई ३ स्थित सुुरुङ्गामा प्रधान कार्यालय रहेको समाजसेवी बहुउद्येश्यीय सहकारी संस्थाले आफ्नो सातौं वार्षिक साधारण सभा सुरुङ्गास्थित जेसीज भवनमा सम्पन्न गरेको छ ।

         हाल विर्तामोडमा समेत शाखा कार्यालय संचालनमा ल्याएको संस्थाले चाँडै झापाका १५ वटै स्थानीय तहहरुमा सेवा केन्द्र संचालन गर्ने जनाएको छ । साधारण सभाको अवसरमा संस्थालाई महत्वपूर्ण योगदान पुर्याउँने केही व्यक्तित्वहरुलाई संस्थाले विशेष सम्मान समेत गरेको छ । यसरी सम्मानित हुनेहरुमा संस्थाका चारजना असल बचत कर्ताहरु विर्तामोड २ निवासी गीता दहाल, बाह्रदशी ६ निवासी मन्जुदेवी उप्रेती, कनकाई २ निवासी उर्मिला चापागाईँ र गोरखा यातायात प्रा.ली.का अध्यक्ष डम्बरबहादुर वाग्ले रहेका छन् ।

         त्यस्तै असल ऋणी तर्फ कनकाई २ निवासी पृथ्वीमाया लिम्बू र प्रभा राई रहेका छन् भने ज्येष्ठ पुरुष सदस्य तर्फ विर्तामोड निवासी लोकनाथ कडरीया र रामवहादुर राई रहेका छन् । त्यसैगरी ज्येष्ठ महिला तर्फ विर्तामोड निवासी महेश्वरा सिटौला र कनकाई ३ निवासी बाटुलीमाया दहाल रहेका छन् । सम्मानित सवैलाई कार्यक्रमका प्रमुख अतिथी जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकालले दोसल्ला ओढाएर सम्मान पत्रका साथ सम्मान गरेको संस्थाका व्यवस्थापक तेजवहादुर भुजेलले वताएका छन् ।
    संस्थाका अध्यक्ष लक्ष्मण दहालको सभापतित्व रहेको कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दहालले यस आर्थिक वर्षको कार्तिक मसान्त सम्ममा १० करोड माथि संस्थाको कुल कारोवार भएको जानकारी दिएका छन् । आज भन्दा २२ वर्ष अघि डिभिजन सहकारी कार्यालय झापामा विधिवत रुपमा दर्ता भए पनि केही वर्ष निष्कृय रहँदै अनि पाँच वर्ष सम्म झोलामा रहेको सहकारी संस्था दुई वर्ष अघिदेखी मात्र सक्रिय रुपमा संचालनमा आएको वताइएको छ । हाल १ हजार ८ सय ५८ जना शेयर सदस्यहरुको प्रत्यक्ष सहभागितामा ऋण तथा बचतका कार्यक्रमहरु संचालन गर्नुका साथै संस्थाले विभिन्न सामाजिक गतिविधी समेत गर्दै आएको वताइएको छ ।      हाल संस्थामा ८३ लाख १० हजार ३०० शेयर पुँजी रहेको छ भने ३ करोड २९ लाख ६४ हजार ६सय ६ निक्षेप रहेको वताइएको छ । त्यस्तै संस्थाले यस आ.व.को असार मसान्त सम्ममा ४ करोड १० लाख ६ हजार ९ सय १ रुपैंया ऋण लगानी गरेको छ भने ३२ हजार ५ सय पैतालीस जगेडा कोषमा राखेको जनाएको छ । संस्थाको हाल सम्मको सम्पत्तिका रुपमा १ करोड ४० हजार १ सय २३ रहेको छ भने ६ लाख १५ हजार वरावरको शेयर लगानी रहेको जनाइएको छ ।

          कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकालले ‘गाउँ गाउँमा सहकारी, घर घरमा रोजगारी’ भन्ने सरकारको अभियानलाई सफल बनाउँनकालागि अब सहकारी संस्थाहरु उत्पादनमुखी बन्नु पर्नेमा जोड दिएका छन् । सहकारीको माध्यमवाट उद्यमशिल बन्दै मुलुकको समृद्धि तर्फ अघि बढ्न सकिने कुरामा प्रमुख अतिथी ढकालले सहकारीकर्मीहरुलाई सुझाव दिएका छन् ।

       संस्थाकी संचालक सदस्य राधादेवी रिमालको स्वागत तथा सदस्य उमानाथ प्याकुरेलले संचालन गरेको कार्यक्रममा कनकाई नगर सहकारी अधिकृत हरिप्रसाद पौडेल, कनकाई नगर सहकारी समन्वय समिति संयोजक चम्पा सुवेदी, नेपाल अडिटर्स एसोसिएसन झापाका उपाध्यक्ष होमनाथ उप्रेती, भिमसेन सहकारी संस्थाका अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, आरोग्य कृषि सहकारी संस्थाका अध्यक्ष गुणप्रसाद तिम्सिना, संचारकर्मी रामप्रसाद निरौला लगायतले मन्तव्य राखेका थिए ।

        लेखा समिति सदस्य सन्तोष आचार्य र संस्थाको विर्तामोड शाखाका मार्केटिङ् इञ्चार्ज खगेन्द्र निरौलाको विशेष सांगितीक प्रस्तुती समेत रहेको कार्यक्रमको बन्द सत्रमा अध्यक्षको प्रतिवेदन साथै लेखा समिति र स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको जनाइएको छ ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.