Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पवित्र कनकाई नदिको पुर्वी तटमा विश्वशान्ति विराट महायज्ञ सुरु
    कनकाई नगरपालिका

    पवित्र कनकाई नदिको पुर्वी तटमा विश्वशान्ति विराट महायज्ञ सुरु

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० कार्तिक २३, बिहीबार ०८:०१ गते3 Mins Read

    कनकाईको कोटीहोम धार्मिक क्षेत्र दिव्य धामका रुपमा विकास हुने

    कनकाई खबर \ झापाको कनकाई—४,कोटीहोम धार्मिक क्षेत्र आसपासको पवित्र कनकाई नदिको पुर्वी किनारमा विश्व कल्याण एवं संकट निवारणको उद्देश्यका साथ विश्व–शान्ती विराट महायज्ञ महाअनुष्ठान प्रारम्भ भएको छ ।


    विश्वका विभिन्न मुलुकमा भइरहेका हिंसात्मक घटना अन्त्यका साथै हालै गएको भूकम्पमा परि नेपालको जाजरकोट लगायत जिल्लामा ज्यान गुमाएकाहरुको आत्मा शान्तिको कामना गर्दै ॐआदि फाउन्डेसनले तीनदिने महायज्ञ महाअनुष्ठान प्रारम्भ गरेको हो ।


    यसकालागि माईखोलाको किनारमा स्वस्तिक आकृतिको यज्ञकुण्ड सहितका संरचना तयार पारिएको छ । यो वर्ष देशका १८ स्थानमा महाअनुष्ठान गर्ने योजना बनाए अनुसार १७औं महाअनुष्ठानका रुपमा कनकाईलाई अवसर प्राप्त भएको ॐआदि फाउन्डेसनका अध्यक्ष डा.उपेन्द्र महतोले जानकारी दिए ।


    महायज्ञमा बाल ब्रह्मज्ञानी गुरु आदि चन्द्र योगीसहितका साधकहरुले विभिन्न साधनात्मक विधि प्रक्रियाहरुका साथ अखण्ड यज्ञाहुति गर्ने बताइएको छ । ॐआदि फाउण्डेशनको आयोजनामा कातिक २३, २४ र २५ गते तीन दिनसम्म संचालन हुने महाअनुष्ठानमा नेपालका विशिष्ट व्यक्तिहरूको समेत सहभागिता रहने बताइएको छ । प्राकृतिक रुपमा उर्जाशिल रहेको कनकाई धाम परिसरमा इतिहासकै अनौठो र अद्भूत अद्वितीय शक्ति प्राप्त हुन सक्ने विश्वासका साथ महायज्ञ संचालन हुनु कनकाई नगरबासीकालागी गौरबको विषय भएको ठहर गरिएको छ ।


    महायज्ञबाट प्राप्त उर्जालाई कनकाई धाम परिसरमा नै उचित व्यवस्थापन गरी यो क्षेत्रलाई दिव्य धामका रुपमा विकास एवं विस्तार गरिने कार्यक्रम संयोजक एवं आयोजक संस्था ॐआदि फाउन्डेसनका सल्लाहकार लक्ष्मीप्रसाद प्रसाईले जानकारी दिए ।


    महाअनुष्ठान पवित्र कनकाई माईको किनारमा सुरु भएसँगै यहाँस्थित कोटीहोम क्षेत्रमा चहलपहल निकै बढेको छ । आयोजकका अनुसार महाअनुष्ठानमा १०८ कुण्डीय यान्त्रिक , तान्त्रिक एवं मान्त्रिक हवन समेत गरिने छ । अग्नि एवं जलकुण्डका रूपमा लिइएको सो हवनमा दुर्गा सप्तसती चण्डी पाठ र चार वेद अखण्ड पाठ पारायण (चार दिशामा) गरिने भएको छ ।


    फाउन्डेसनका प्रवक्ता समेत रहेका डा.राजु अधिकारीका अनुसार तीनदिन सम्म दिव्य शिवलिंग एवं हिमालय प्रतिस्थापन, पृथ्वीयन्त्र, नवरत्न नागमणि, महाकाली स्थापना, ओमकार यन्त्र प्रतिस्थापन, चित्ताअग्नि साधना र १००८ शिवलिंग प्रतिष्ठा एवं विधिवत् अनुष्ठान गरिने छ ।
    अरूले समुन्द्रमा महल बनाए पनि औलोकिक धाम पवित्र कनकाई नदिको कोटीहोम परिसरलाई दिव्यधामका रुपमा विकास गर्ने गुरु आदिचन्द्र योगीको परिकल्पना रहेको बताइएको छ ।


    दिव्य धामका परिकल्पनाकार आदिचन्द्र योगीले ऋषिभूमि र यज्ञभूमि नेपाललाई विश्व भरी चिनाउने अलौकिक गन्तव्य बनाउने संकल्पका साथ कनकाई नदिको किनारमा महाअनुष्ठान संचालन गरिएको बताइएको छ ।

    आदित्य गुरु स्वयंको उपस्थितिमा हुने कार्यक्रममा १८ पृथक तर विशिष्ट किसिमका यज्ञ अनुष्ठान संचालन गर्ने परिकल्पना अनुरुप खुल्ला रुपमा कनकाईमा तेस्रो शृंखलाको प्रयोग रहेको बताइएको छ । साथै १८ औं महाअनुष्ठान दुबईमा हुने गरी कार्यक्रम तय भएको आयोजक संस्थाले जनाएको छ ।


    कनकाई नगरीको भुमिलाई पवित्र बनाउँने कार्यमा यो महाअनुष्ठान आयोजना हुनु नगरवासीको गौरवको विषय भएको स्थानीय सरकार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको ठहर छ । पवित्र कनकाई माईको पुर्वी किनार कोटीहोम आसपासको क्षेत्र धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा थप व्यवस्थित बन्नेमा आँफू विश्वस्त रहेको भन्दै कनकाई नगरपालिकाका प्रमुख पोखरेलले यो महान कार्यलाई उत्कृष्ट बनाउँन सिङ्गो नगरबासीले सक्रियता देखाउँनु पर्नेमा जोड दिए ।


    महाअनुष्ठानको आवश्यक व्यवस्थापनमा महत्वपूर्ण भुमिका खेल्दै आएको कनकाई नगरपालिकाले कार्यक्रम अवधिभर आवश्यक्ता अनुसार स्वयंसेवकको भुमिका निर्वाह गर्ने नगर प्रमुख पोखरेल बताउँछन् । केही दिन यता विहान ७ बजेदेखी दिनभरी नै कार्यक्रम स्थलमा आइपरेका सबै किसिमका काममा सक्रिय सहभागीता जनाउँदै आएका नगर प्रमुख पोखरेलले कनकाई नगर क्षेत्रका सबै जनप्रतिनिधि, क्रियाशिल संघसंस्था सहित नगरबासीहरुमा यस महान अभियानकालागी स्वयंसेवकका रुपमा समय उपलव्ध गराएर पुण्य आर्जन गर्नकालागी अनुरोध गरेका छन् ।


    आफ्नो क्षेत्र दिव्य धाम बन्न लागेकोमा स्थानीयबासी समेत औधी खुसी भएको बताउँछन् । महाअनुष्ठान स्थलमा देखिएको तामझामले कनकाई माइको कोटीहोम क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रका रूपमा थप व्यवस्थित बन्नेमा आँफू विश्वस्त रहेको कोटीहोम धार्मिक संस्थाका अध्यक्ष शेरबहादुर थापा बताउँछन् । महाअनुष्ठान सम्पन्नपछि निर्माण हुने संरचना कलात्मक मात्रै नभएर दिव्यताले भरिपूर्ण हुने भएकाले पवित्र कनकाई नदिसँगै रहेको धार्मिक क्षेत्र माईधामलाई भविष्यमा एक धार्मिक गन्तव्य मात्र नभएर योग, ध्यान, साधना, संस्कार र संस्कृतिको विशाल ज्ञानकेन्द्र बनाउने परिकल्पना तयार भएको कोटीहोम धार्मिक संस्थाका अध्यक्ष थापा बताउँछन् ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.