झापाको शिवसताक्षी ११ स्थित रतुवामाई बृक्षरोपण आयोजनाको जंगलभित्र एक पुरुषको शव फेला परेको छ ।
झिलझिले सताक्षीधाम सडकको ५ मिटर पश्चिममा सडिएको अवस्थामा शव फेला परेको हो । शवको नजिकै भिभो मोबाइल र व्याग फेला परेको छ । फेला परेको व्यागमा गाँजा र रक्सी भेटिएको प्रहरीले जनाएको छ ।
करिव ५ दिनअघि ती व्यक्तिको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
