पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न संघ संस्थाले ४ करोड रुपैयाँ भन्दा धेरै भूकम्प पीडितलाई सहयोग गरेका छन्।
बुधबार बिहान पर्यटनमन्त्री सुदन किरातीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेर प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा हुनेगरी चार करोड रुपैयाँ हस्तान्तरण गरेका हुन्।
यसरी सहयोग गर्नेमा नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम, पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, नेपाल पर्वतारोहण संघ, लुम्बिनी विकास कोष लगायत छन्र त्यसैगरि गोरखा ब्रअरी प्रालिले पनि राहत कोषमा १ करोड सहयोग गरेको छ।
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

