शिवसताक्षी \ सतासीधाम जेसीजको वर्ष २०१९ को सातौं वार्षिक साधारणसभा तथा अधिवेशनबाट जेसी कुमार सिंह साँबा(लिम्बु) वर्ष २०२० का लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् ।
सतासीधाम जेसीज स्थापनाकाल २०१२ देखि नै सदस्य हँुदैं वर्ष २०१६ मा उपाध्यक्ष, वर्ष २०१७ मा तालिम संयोजक, वर्ष २०१८ मा कार्यकारिणी उपाध्यक्ष र वर्ष २०१९ मा महासचिव हुँदै वर्ष २०२० मा अध्यक्ष बन्न सफल साँबाले वर्ष २०२० लाई, “सबल व्यक्तित्व तथा नेतृत्व विकास र सामाजिक रुपान्तरणका लागि सतासीधाम जेसीज वर्ष २०२०” भन्ने प्रमुख प्रकरण (थिम) र अभियानका साथ सतासीधाम जेसीजलाई नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विगत लामो समयदेखी विभिन्न शैक्षिक तथा सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेका साँबा एक सामाजिक अभियन्ताका रुपमा युवाहरुका विच लोकप्रिय मानिन्छन् ।
सर्वसम्मत रुपमा नेतृत्व चयनकालागि वर्ष २०१८ का अध्यक्ष जेसी महेन्द्र भट्टराई संयोजक साथै वर्ष २०१७ का अध्यक्ष विनोद खरेल र वर्ष २०१९ का कार्यकारिणी उपाध्यक्ष निरोेज दुलाल सदस्य रहेको निर्वाचन मण्डलले भूमिका खेलेको वताइएको छ । यसरी सर्वसम्मत भएका अन्य पदाधिकारीहरुमा कार्यकारिणी दुई उपाध्यक्षमा क्रमशः जेसी अर्जुन भट्टराई तथा सिकिन पासवन र चार उपाध्यक्षमा जेसी गोपाल(जिएन) नेयोङ, भिम बहादुर बोहोरा, गणेश अधिकारी र विश्व विक्रम दाहाल रहेका छन् ।
शिवसताक्षी न.पा.९ दुधे अवस्थित न्यू होटललाईटको सभाहलमा शनिबार आयोजित सतासीधाम जेसीजको सातौं वार्षिक साधारणसभा तथा अधिवेशनमा लायन्स क्लव अफ शिवसताक्षी वर्ष २०१९÷२०२० का अध्यक्ष सन्तोष थोप्राको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी थोप्राले जेसीजले व्यक्तित्व विकास, नेतृत्व तथा क्षमता विकास र सामाजिक रुपान्तरणका क्षेत्रमा अनुकरणीय कार्यहरु गर्दै आएको भन्दै आगामी दिनमा जेसीजसँग लायन्सले हरेक गतिविधीहरुमा हातेमालो गर्दै सहकार्य गर्न तयार रहेको बताए ।
सतासीधाम जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी दिनेश बाराकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सतासीधाम जेसीजका नयाँ सदस्यताहरुको तर्फबाट विश्व विक्रम दाहाल, व्यवसायी तथा समाजसेवी शिवकुमार मैनाली, आदर्श बचत तथा ऋण सहकारी संस्था दुधेका अध्यक्ष चन्द्रबहादुर थापा, सतासीधाम जेसीजका संस्थापक अध्यक्ष कृष्ण पोखरेल, लायन्स क्लव अफ शिवसताक्षीका संस्थापक अध्यक्ष यामनाथ काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै साधारणसभाको बन्दसत्रले सतासीधाम जेसीज वर्ष २०१९ का महासचिव कुमार सिंह साँबा(लिम्बु)द्रारा प्रस्तुत महासचिव प्रतिवेदन र कोषाध्यक्ष जेसी अग्नि प्रसाद खरेलद्रारा २२ लाख ३ हजार ३ सय ५ रुपैयाँ बराबरको वार्षिक आय व्यय समेत अनुमोदन गरेको थियो । उपाध्यक्ष जेसी निर्मला प्रधान(श्रेष्ठ)ले आस्थावाचन, कार्यकारिणी उपाध्यक्ष जेसी निरोज दुलालले स्वागत तथा वर्ष २०१७ का अध्यक्ष जेसी विनोद खरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रम सञ्चालन महासचिव जेसी कुमार सिंह साँबा(लिम्बु) ले गरेका थिए ।