Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई छठ सेवा समाजको नयाँ नेतृत्वले गर्यो पदभार ग्रहण
    कनकाई नगरपालिका

    कनकाई छठ सेवा समाजको नयाँ नेतृत्वले गर्यो पदभार ग्रहण

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० कार्तिक १९, आईतवार ०८:१७ गते3 Mins Read

    कनकाई खबर \ कनकाई छठ सेवा समाजको नयाँ कार्यसमितिले पद भार ग्रहण गरेको छ ।

    समाजको नवनिर्मित भवनमा भएको एक विशेष समारोहका विच अध्यक्ष विजय शर्माको नेतृत्वमा रहेको कार्य समितिले सपथ ग्रहणसँगै पदभार ग्रहण गरेको हो । यसरी पदभार ग्रहण गर्नेहरुमा वरिष्ठ उपाध्यक्ष मुन्ना शाह , उपाध्यक्ष धर्मेन्द्र शाह, महासचिव रविन्द्र गुप्ता, सचिव मञ्जु प्रधान र कोषाध्यक्ष पुष्पा पण्डित रहेका छन् ।त्यस्तै सदस्यहरु क्रमशः श्याम पंजीयार, सोनु शाह, विवेक पोद्धार, राकेश चौधरी, राधना शाह, पुनम चौधरी र रिंकी ठाकुर रहेकाछन्।

    नवनिर्वाचित कार्य समितिलाई निर्वाचन समितिका संयोजक जगतनारायण मण्डलले सपथ ग्रहण गराएका हुन् । निर्वाचन समितिमा वरिष्ठ सल्लाहकार मण्डलको संयोजकत्वमा संस्थापक अध्यक्ष उपेन्द्र प्रधान र सल्लाहकार नवलकिशोर दत्त सदस्य साथै समाजका पुर्व अध्यक्षद्वय पवन शाह र चन्दन शाह समेत निर्वाचन समितिको आवश्यक सहयोगीको भुमिकामा रहेका थिए ।


    कार्यसमिति चयनकालागी सर्वसम्मतको पहल असफल भएपछि प्रमुख तीनवटा पद अध्यक्ष, उपाध्यक्ष र महासचिवमा निर्वाचन भएको थियो भने वरिष्ठ उपाध्यक्ष सहित दशवटा पदमा यस अघि नै सर्वसम्मत भइसकेको बताइएको छ ।


    विधानतः १५ सदस्यीय कार्य समिति रहने प्रावधान रहेको समाजमा १३ सदस्य निर्वाचन प्रक्रियाबाट चयन हुने र बाँकी २ सदस्य निर्वाचित समितिले मनोनित गर्ने प्रावधान रहेको समितिले जनाएको छ ।


    समाजका अध्यक्ष राजकिशोर चौधरीको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा सहभागीहरुले छठ समाजको सफल नेतृत्वका कारण पछिल्लो समय छठ पर्व सबै जातजातीहरुको साझा पर्वका रुपमा विकास हुँदै आएको बताए ।


    कनकाई छठ सेवा समाजको इतिहासका बारेमा चर्चा गर्दै कार्यक्रममा सहभागी बक्ताहरुले सामान्य छठ पुजाका नाममा सुरुवात भएको छठ समाज वर्तमान अवस्थामा यस क्षेत्रकै एक सक्रिय सामाजिक संस्थाका रुपमा विकास भएकोमा खुशी व्यक्त गरे ।


    कार्यक्रमलाई सम्बोधन गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगर क्षेत्रमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुसँग हातेमालो गर्दै कनकाई छठ समाजले समाज रुपान्तरणकालागि खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।


    कनकाई नगर क्षेत्रमा रहेका सवै जातजातीहरुको साझा पर्वका रुपमा छठ पर्वलाई व्यवस्थित गर्दै कनकाई छठ सेवा समाजले निर्माण प्रारम्भ गरेको सूर्यनारायणको मन्दिर सहितको कनकाई सूर्यबाटिका सामुदायिक भवन यो समाजकै गहना हुने ठहर गर्दै नगर प्रमुख पोखरेलले निर्माण कार्य सम्पन्न गर्न स्थानीय सरकारको समेत सहयोग रहने प्रतिवद्धता जनाए ।


    हाल निवर्तमान भइसकेका वरिष्ठ उपाध्यक्ष खगेन्द्र महतोले स्वागत तथा महासचि रविन्द्र गुप्ताले संचालन गरेको कार्यक्रममा कनकाई —३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, नेपाली कांग्रेस कनकाई नगर सभापति दुर्गा प्रसाईँ, कोटीहोम धार्मिक संस्थाका अध्यक्ष शेरवहादुर थापा, समाजसेवी श्यामसुन्दर ओली, पत्रकार रामप्रसाद निरौला लगायतले कनकाई छठ सेवा समाजको सफलताको कामना गरे ।


    पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष विजय शर्माले आगामी दिनमा छठ समाजलाई एक ढिक्का बनाएर एकताका साथ अघि बढ्ने प्रतिवद्धता जनाए । छठ समाजले हाल सम्म आर्जन गरेको प्रतिष्ठालाई जोगाएर स्थानीय स्तरमा अन्य सामाजिक संघसंस्थाहरुको तुलनामा एक अब्बल संस्थाको रुपमा पहिचान बनाउँन आफ्नो नेतृत्वमा रहेको समिति हरपल सक्रिय रहने नवनिर्वाचित अध्यक्ष शर्माले बताएका छन् ।


    छठ समाजका अग्रजहरु साथै सहयोगी, चन्दादाता एवं सरकारका तीनवटै तह स्थानीय, प्रदेश र केन्द्र सरकारबाट समेत भएको सहयोगका कारण छठ समाजले सफलता हात पारेको भन्दै हाल निवर्तमान अध्यक्षका रुपमा रहेका राजकिशोर चौधरीले सहयोगी मनहरुप्रति आभार प्रकट गर्दै आगामी दिनमा समेत यो साथ र सहयोगको निरन्तरता भइरहने विश्वास व्यक्त गरे । निवर्तमान अध्यक्ष चौधरीले आफ्नो नेतृत्वमा रहेको कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्य साथै संस्थापक अध्यक्ष, पुर्व अध्यक्षहरु, सल्लाहकार समिति एवं सहयोगी शुभचिन्तकहरुबाट प्राप्त सकारात्मक सल्लाह सुझाव र सहयोगका कारण आफ्नो कार्यकाल सफल भएको भन्दै सबैप्रति आभार प्रकट गरे ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.