Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सहारा नेपाल साकोसले सहकारी अभियन्ता प्रधानाङ्ग र पत्रकार न्यौपानेलाई गर्यो सम्मान
    कनकाई नगरपालिका

    सहारा नेपाल साकोसले सहकारी अभियन्ता प्रधानाङ्ग र पत्रकार न्यौपानेलाई गर्यो सम्मान

    कनकाई खबरBy कनकाई खबर२०८० कार्तिक १८, शनिबार २३:३४ गते3 Mins Read

    कनकाई खबर \ झापाको विर्तामोड—२स्थित चारपानेमा प्रधान कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले एक लाख एक हजार नगद राशीको ‘राष्ट्रिय व्यक्तित्व पुरस्कार’ सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गलाई प्रदान गरेको छ ।

    विर्तामोडमा सम्पन्न सहाराको २७ औँ वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्युट प्रमाणीकरण भेलाको अवसर पारेर संस्थाले नेपाल बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष समेत रहेका भक्तपुर निवासी प्रधानाङ्गलाई सो राशीको पुरस्कार प्रदान गरेको हो । यस किसमिको पुरस्कार हरेक दुई वर्षमा सहाराले प्रदान गर्दै आएको छ । यसअघि लघुवित्त विज्ञ शंकरमान श्रेष्ठ र सहकारी अभियन्ता केशव बडाल पुरस्कृत भइसकेका छन् ।


    यसैगरी ‘सहारा पत्रकारिता पुरस्कार’ बाट एभिन्युज टेलिभिजनका झापा सम्वाददाता सन्तोष न्यौपाने पुरस्कृत भएका छन् । उनले २५ हजार राशीको पुरस्कार प्राप्त गरेका छन् । सम्मानित दुवैजनालाई कार्यक्रमका प्रमुख अतिथी संघिय संसदका सभामुख देवराज घिमिरेले नगद राशिसहितको पुरस्कार प्रदान गरेका हुन् ।

    कार्यक्रममा सम्मानित सहकारी विज्ञ प्रधानाङ्गले—एउटाले बिरायो शाखा पिरायो भने झैं एक–दुईवटा खराब सहकारीका कारण अहिले सहकारीमा विकृति बढेको बताए । सहकारीहरुमा राजनीतिक हस्तक्षेप भयो भने पनि सहकारी अभियान सफल हुन नसक्ने उनको जोड थियो ।


    कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहेका सभामुख घिमिरेले असहायहरुका लागि वरदान सावित भएको भन्दै सहाराको प्रशंसा गरेका थिए । उनले भारतमा अमुल कम्पनीले अर्थतन्त्रमा प्रभाव पारे जस्तै नेपालमा सहारा नेपालले काम गर्दै आएको बताए ।

    सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संस्थाको आगामी योजनासहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहारा साकोसका कार्यकारी प्रमुख गिरीले गरिव तथा विपन्न शेयर सदस्यका छोरा–छोरीहरुलाई उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले ५ करोडको ‘सहारा शैक्षिक छात्रवृति कोष’ स्थापना गरेको बताए ।


    त्यस्तै एक लाख युवाहरुलाई विभिन्न समाजिक क्लबहरु मार्फत रोजगारी सिर्जना गराइने संस्थाको भावि योजना रहेको बताइएको छ ।
    युवाहरुलाई नेतृत्व, उद्यमशिलता र रोजगारीका अवसरहरु सिर्जना गर्न एक लाख युवा सदस्यहरु संलग्न गराइने कार्यकारी प्रमुख गिरीले जानकारी दिए । युथ एकेडेमी र थ्रि जिरो क्लब मार्फत युवा सदस्यहरुलाई संगठित गरिने संस्थाको योजना रहेको कार्यकारी प्रमुख गिरीले जानकारी दिए ।


    सहारा नेपाल साकोसका अध्यक्ष हरिवहादुर राजबंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी, नेफ्स्क्यूनका केन्द्रीय सञ्चालक सदस्य घनश्याम अधिकारी, जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल,निमित्त प्रदेश रजिष्ट्रार हरिबहादुर खत्री, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल लगायतले शुभकामना मन्तव्य राख्दै सहकारीका विषयमा राज्य बेखबर रहेको आरोप लगाए । सरकारले गर्नु पर्ने समृद्धिका कार्यक्रमहरु सहकारी संस्थाहरुले हरेक गाउँ गाउँमा पुर्याएको भन्दै सहभागीहरुले सहकारी संस्थाको यो मोडललाई सफल बनाउँनु पर्नेमा जोड दिए ।


    विभिन्न सांस्कृतिक प्रस्तुति सहितको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले शाव्दीक स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन पत्रकार केशव भट्टराईले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.