Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शिवसताक्षीबाट एक सय प्रशिक्षार्थी कोरिया लैजाने तयारी
    समाचार

    शिवसताक्षीबाट एक सय प्रशिक्षार्थी कोरिया लैजाने तयारी

    ramBy ram२०७६ मंसिर २९, आईतवार ००:४५ गते2 Mins Read

    शिवसताक्षी  \  झापाको शिवसताक्षी नगरपालिकाका १ सय किसानलाई कोरिया लैजान आफू तयार रहेको कोरियाली सरकारका अन्तर्राट्रिय व्यवसाय प्रवर्तक हङ्ग सुङ्ग युवले बताएका छन् ।

      शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माको कार्यकक्षमा भएको साक्षात्कारमा तालिम प्रदायक कम्पनीका तर्फबाट हङ्ग सुङ्ग युवले नेपालीले कोरियामा इमान्दार भनेर पहिचान बनाएको भन्दै अन्य मुलुकबाट भन्दा बढी संख्यामा प्रशिक्षार्थी लैजानेमा विश्वास दिलाए । उनले भने, ‘कोरियाली सरकारको कानुन पालना गर्ने शर्तबाहेक अन्य विषयमा सम्झौता गर्नु पर्दैन ।’

        नगर प्रमुख शेर्माले कोरियाली सरकारले झापाको शिवसताक्षीलाई कृषि तालिमका लागि छनौट गरेकोमा कोरियाली सरकारका अन्तर्रा्ष्ट्रिय व्यवसाय प्रवर्तक हङ्ग सुङ्ग युवमार्फत त्यहाँको स्थानीय सरकारलाई धन्यवाद दिए । उनले भने, ‘नगरलाई यो अवसर जुट्दा शिवसताक्षी नगरका हामी नगरबासी धन्य छौँ ।’ कोरियामा सिकेको सीपलाई फर्किएर आफ्नै भूमिमा आएपछि प्रशिक्षार्थीले व्यवहारमा उतारेर नगरलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन प्रेरित गर्नुपर्ने नगरप्रमुख शेर्माले बताए ।

        ‘नगरले प्रशिक्षार्थी छनौट प्रत्येक वडाबाट दामासाहीले  गर्छ, त्यसपछि तालिम प्रदायक कम्पनी र कोरियाली सरकारले पनि छनौट गर्ने हुदाँ यहाँ सबैलाई समान अधिकार र अवसर छ’, नगर प्रमुख शेर्माले भने, कुनै कारणले पनि नगरबासीको यो अवसर गुम्न दिनु हुँदैन ।’कोरियाली मुलुकबाट प्रशिक्षार्थी माग गर्दे शिवसताक्षी नगरपालिका आइपुगेको अन्तर्रा्ट्रिय व्यवसाय प्रवर्तक हङ्ग सुङ्ग युवको टोलीलाई नगर प्रमुख शेर्माले नगरको कृषि पकेट क्षेत्रको अध्ययन अवलोकन गराएका थिए ।

       कृषि तालिमका लागि कोरियाली सरकार अन्य मुलुकबाट भन्दा नेपालबाटै बढी संख्यामा प्रशिक्षार्थी कोरिया लैजान इच्छुक देखिएको छ । अन्य मुलुकका नागरिकभन्दा नेपालका नागरिक बढी इमान्दार र भरपर्दा देखिएकाले बढी संख्यामा नेपालीलाई कोरिया लैजान त्यहाँको सरकार तयार देखिएको हो ।कोरियाली सरकारले कृषि तालिमका लागि विभिन्न ८ वटा देशबाट २५९७ जना प्रशिक्षार्थी माग गरेको छ । त्यसमध्ये नेपालबाट मात्रै ४ वटा जिल्ला छनौटमा परेको हङ्ग सुङ्ग युवले बताए । उनले भने, ‘झापा, धादिङ्ग, धनगढी र नेपालगञ्जबाट कृषि तालिमका लागि प्रशिक्षार्थी लैजान कोरिया सरकारले कानुनी आधार खडा गरिसकेको छ ।’

        भाषा परीक्षा उत्तीर्ण गर्नु नपर्ने, कोरिया जाँदाको टिकट तालिम प्रदायक कोरियाली कम्पनीले व्यहोर्ने र फर्कदा प्रशिक्षार्थी आफैँले टिकट गर्नुपर्ने बताइएको छ । बढीमा ६ महिनासम्म सञ्चालन हुने तालिममा प्रशिक्षार्थीले प्रतिमहिना नेपाली १ लाख ८० हजार पाउने होङ्गले बताए ।‘हामी जनवरीदेखि स्थानीय पालिकासँग समन्वय गरेर प्रशिक्षार्थीको डकुमेन्ट कलेक्सन गर्ने छौँ’, उनले भने, ‘मार्चसम्ममा सबै प्रशिक्षार्थी कोरिया पुर्याउने तयारी त्यहाँको सरकारले गरेको छ ।’ प्रशिक्षार्थीका दुई वटा वीमा हुने पनि उनले बताए । ‘स्वास्थ्य र जीवन वीमा त्यहाँको तालिम प्रदायक कम्पनीले गर्नेछ’, उनले भने ३५ वर्षदेखि ५० वर्ष उमेर ननाघेका नेपाली कोरिया गएर कृषि तालिममा प्रशिक्षित हुनेछन् ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.