काठमाडौं । नेपाली कांग्रेसले भूकम्प पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारलाई पचास लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
गएरातीको जाजरकोटमा गएको भूकम्पबाट ठूलो संख्यामा नागरिकको ज्यान गएको र धेरै भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै विपदको समयमा सरकारलाई सघाउन तयार रहेको नेपाली कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसले उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारको कोषमा पचास लाख रुपैंयाँ उपलब्ध गराउने निर्णय गरेको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिएका छन् ।
कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न समेत अजिल गरेको छ ।
कमेन्टस्
