जाजरकेाट, कात्तिक १८ गते । गए राती गएको भूकम्पमा परी जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ । नलगाढबाट शुक्रवार दाँतको उपचार गर्न सदरमुकाम आउनुभएकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिंहको सदरमुकामस्थित डेरामा सुतिरहेको अवस्थामा घर भत्किएर किच्चिँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँ काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्थ्याे ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
