Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मस्तिष्क घात भएका संजोगको उपचारमा कारितासको ५० हजार सहयोग
    मेची नगरपालिका

    मस्तिष्क घात भएका संजोगको उपचारमा कारितासको ५० हजार सहयोग

    कनकाई खबरBy कनकाई खबर२०८० कार्तिक १८, शनिबार ०६:४१ गते2 Mins Read

    झापा \ गरीवीका कारण ब्रेन हेमोरेज (मस्तिष्क घात)को उपचार गराउन नसकिरहेका मेचीनगर–१० खयरडाँगीका ३०वर्षीय संजोग थापा मगरलाई कारितास नेपालले रु. ५० हजार आर्थिक सहयोग गरेको छ ।


    संजोगको उपचारमा चरम आर्थिक अभाव भएको समाचार प्रकाशित भएपछि कारितासले उपचारका लागि सहयोग गरेको हो ।कारितास नेपालका कोशी प्रादेशिक कार्यालय दमकका प्रमुख देबेन्द्र पोखरेल र वरिष्ठ कर्मचारी हिमालयन अधिकारीले सुक्रबार अपराह्न बीएन्डसी हस्पिटलमै पुगेर बिरामीका परिवारलाई सहयोग रकम हस्तान्तरण गरे । सहयोग रकम बिरामी संजोगका वुवा राजेन्द्र थापामगर, आमा दिलमाया थापामगर र भिनाजु थमबहादुर तामाङलाई हस्तान्तरण गरिएको थियो ।


    अस्पतालमै छन् संजोग
    गाउँतिर मजदुरी गरेर परिवारको जीविका चलाउँदै आएका विपन्न परिवारका संजोगलाई सत्र दिन अघि कार्तिक १ गते उच्च रक्तचापका कारण घरमै मस्तिष्क घात भएको थियो । त्यसपछि उपचारका लागि विर्तामोडको बीएन्डसी अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल प्रशासनले संजोगको हालसम्मको उपचारको बक्यौता छ लाखभन्दा धेरै भइसकेको बताएको छ । हाल संजोग आइसीयु कक्षमै छन् ।उनको टाउकाको शल्यक्रिया भइसकेको छ ।


    मलेसियामा रोजगार गरेर गत वर्ष फर्किदा संजोग विरामी नै थिए । उनको लिभरमा समस्या देखिएको थियो भने उच्च रक्तचापको समस्या पनि थियो । घर चलाउनै आर्थिक संकट परेपछि संजोगकी पत्नी लक्ष्मी थापा मगर दुई महिना अघि वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएकी छन् । उनीहरुको दुई सन्तान छन् । छोरी ९ वर्ष र छोरा ७ वर्षका छन् । संजोगका वुवा राजेन्द्र थापा मगरको दाहिने हात र खुट्टा प्यारालाइसिसका कारण चल्दैन । उनी शारीरिक रुपमा अशक्त बनेका छन् । आमा पनि विरामी नै छन् ।


    ‘घरको आर्थिक अवस्था ज्यादै दयनीय छ,’ संजोगका भिनाजु थमबहादुर तामाङ भन्छन्–‘अहिलेसम्म ऋणपान र आफन्त गुहारेर केही रकम अस्पतालमा डिपोजिट गरेका छौं । अस्पताल व्यवस्थापनले अरु पैसा जम्मा नगरी उपचार अघि बढाउन गाह्रो हुन्छ, छिटो पैसा खोजेर ल्याउनु पर्यो भनिरहेका छन् । हामीसँग पैसा निकाल्ने अब कुनै उपाय बाँकी छैन ।’


    संजोगका वुवा राजेन्द्र थापा र र आमा दिलमाया थापाले अस्पताल परिसरमै दुई दिन अघि पत्रकारहरुसँगको भेटमा उपचारका लागि आर्थिक सहयोग गरेर आफ्नो छोरालाई बचाइदिन सार्वजनिक आह्वान गरेका थिए । आमा दिलमाया थापा मगरले भनेकी थिइन् ‘बुढेशकालको सहारा बन्ला भनेको छोरा बिरामी पर्यो । दया गरेर सहयोग गरिदिए उसको प्राण बच्ने थियो ।’


    संजोग बचाउ अभियान मार्फत उपचार सहयोग जुटाउन संजोगका भिनाजु थमबहादुर तामाङको नाममा ग्लोबल आइएमई बैंक धुलाबारी शाखामा बचत खाता खोलिएको छ । इच्छुक दाताहरुले सोही बैंक खातामा सहयोग रकम जम्मा गर्न सक्नेछन् ।

    बैंक खाताको विवरण ः
    बैंक ः ग्लोबल आइएमई बैंक, धुलाबारी शाखा
    खातावालाको नाम ः थमबहादुर तामाङ
    खाता नं. ०२३०७०१०१२४९५९

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते

    सुरुङ्गामा कनकाई कप सुरु, उदघाटन खेलमा कनकाई बिजयी

    २०८३ बैशाख २७, आईतवार ०५:४८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.