Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट
    कनकाई खबर बिशेष

    रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट

    कनकाई खबरBy कनकाई खबर२०८० कार्तिक १७, शुक्रबार ११:०२ गते2 Mins Read

    रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ । शुक्रबार बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच रामेछाप विमानस्थलको एप्रोनमा कुटाकुट भएको काठमाडौंस्थित नागरिक उड्डयन प्राधिकरणका एक उपनिर्देशकले बताए ।

    कुटाकुटको कारण भने खुलेको छैन । ‘घटनाको जाँच विवरण लिँदैछु,’ रामेछाप विमानस्थल प्रमुख अशोक थापाले भने,‘बिहान ८ बजे लुक्लाबाट आएको जहाजका क्याप्टेन सन्तोष साह र रामेछापबाट त्यो जहाज लिएर लुक्ला जाने अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच झगडा परेको हो ।’प्राधिकरणका उपनिर्देशकका अनुसार, दुवै जना क्याप्टेनको ड्युटी अदलीबदलीको समय थियो । ‘क्याप्टेन साह विमानस्थल भवनतर्फ आउँदै गर्दा अर्का क्याप्टेन श्रेष्ठ जहाजतर्फ जाँदै थिए,’ ती उपनिर्देशकले भने,‘सन्तोष साहले हात मिलाउन खोज्दा सञ्जीवले धकेले । उनी लडेपछि दुई जनाले हानाहान गरे ।’ घटनापछि क्याप्टेन साहले आफूलाई हातमा चोट लागेको र मन्थली बजारमा उपचार गर्न जान लागेको प्रतिक्रिया दिए । क्याप्टेन सञ्जीव श्रेष्ठ भने जहाज लिएर लुक्ला पुगेका छन् ।

    उनलाई र उक्त जहाजलाई लुक्ला विमानस्थलमै ग्राउन्डेड गरिएको छ ।‘ सञ्जीवले हाम्रो आपसी मामिला हो । जहाज उडाउन सक्छु भनेर गए,’ रामेछाप विमानस्थल प्रमुख खड्काले भने,‘अहिले त्यो जहाज र क्याप्टेन श्रेष्ठलाई लुक्ला विमानस्थलले उतै ग्राउन्डेड गरेको छ भने क्याप्टेन साहलाई रामेछापमै ग्राउन्डेड गरिएको छ ।’ घटनापछि प्राधिकरणले क्याप्टेन श्रेष्ठको पाइलट इजाजतपत्र खारेज गर्ने तयारी गरेको छ ।

    यस घटनाका बारेमा तारा एयरलायन्सका प्रवक्ता सुर्दशन बर्तौलाले कम्पनीबाट इन्क्वायरी भइरहेको बताए । ‘यो झगडा उनीहरूको व्यक्तिगत विषयमा भएको देखिन्छ । एयरलायन्स र उडानसँग सम्बन्धित होइन,’ उनले भने, ‘यसबारेमा कम्पनी अनुसन्धान अघि बढाइसकेको छ ।’

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.