Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एमाले शिवसताक्षीको शुभकामना आदान प्रदान, ८० बढी पूर्व जनप्रतिधिहरु सम्मानित
    विशेष

    एमाले शिवसताक्षीको शुभकामना आदान प्रदान, ८० बढी पूर्व जनप्रतिधिहरु सम्मानित

    कनकाई खबरBy कनकाई खबर२०८० कार्तिक १६, बिहीबार २२:२५ गते2 Mins Read

    शिवसताक्षी \ नेकपा एमाले शिवसताक्षीले पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।

    नेकपा एमाले शिवसताक्षीद्वारा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा २०४६ अघि निर्वाचित भएका जनप्रतिनिधिहरुलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।


    तत्कालिन अवस्थामा नेकपा एमालेबाट निर्वाचित ८० बढी पूर्व जनप्रनिधिहरुलाई सम्मान गरिएको नेकपा एमाले शिवसताक्षी नगर कमिटीले जनाएको छ । उनीहरुलाई केन्द्रिय सदस्य तथा नगर इन्चार्ज मेनुका काफ्ले, प्रदेश कमिटी सदस्य तथा क्षेत्र नंं ४ का सांसद एलपी साँवा लिम्बु, प्रदेश सांसद राधाकृष्ण खनाल, जिल्ला अध्यक्ष दिपक कार्की, जिल्ला सचिव शिव ढुंगेल, जिल्ला कमिटी सदस्य नरमाया कार्की, नगर अध्यक्ष मेगाहाङ्ग थोप्रा लगायतले दोसल्ला तथा सम्मान पत्र प्रदान गरेका थिए ।


    तत्कालिन समयमा सतासीधाम, धरमपुर, शिवगञ्ज, पाँचगाछी गाविसमा नेकपा एमालेबाट निर्वाचित गाविस अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुलाई सम्झदै, पार्टीमा पु¥याएको योगदानको कदर गर्दै ज्येष्ठ पार्टीका खम्बाका रुपमा सम्मान गरिएको नेकपा एमाले शिवसताक्षी नगर अध्यक्ष मेगाहाङ्ग थोप्राले जानकारी दिए ।


    कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष दिपक कार्कीले पार्टीमा योगदान पुर्याएका अग्रजहरुका कारण नै पार्टीको अनुशासन, मर्यादा पालनाको रुपमा उहाँहरुले दिएको ज्ञान र सिद्धान्तलाई अनुसरण गरेर आज यो अवस्थमा आएको बताए । उनले भने, उहाँहरुलाई हामी कहिल्यै भुल्ने छैनौं, पार्टीका अग्रज व्यक्तित्वहरु हाम्रो पार्टीको धरोहर हुन् ।


    त्यस्तै प्रदेश कमिटी सदस्य एलपी साँवा लिम्बुले हिजो तपाईँहरुले मुलुकको परिर्वतनका लागि लड्नु भएका कारण नै आज तपाईहरु समक्ष उपस्थित भएको बताए । उनले दिपावली, छठ पर्व र सम्पूर्ण चाडबाडको उपलक्ष्यमा पार्टी अग्रज र सम्मानित सबैमा सु स्वास्थ्य एवम दीर्घायूको शुभकामना व्यक्त गरेका थिए ।


    एमाले केन्द्रिय सदस्य तथा पालिका इन्चार्ज मेनुका काफ्लेले २०४६ साल अघि निरङ्कुश पञ्चायती शासनकाल रहेका बेला पार्टीको धारणा र पार्टीले दिएको जिम्मेवारी पुरा गर्दै पार्टीमा पुर्याएको योगदानको कदर स्वरुप आज सम्मानित हुनु हुने पार्टीका अग्रज ज्यूहरुलाई शुभकामना दिएकी थिइन् । आज उहाँहरुको योगदानका कारण नै हामी संघीय गणतन्त्र स्थापना गर्न सफल भएको उनले बताइन् ।


    शुभकामना आदान प्रदान कार्यक्रमा नेकपा माओवादीका नगर अध्यक्ष महेन्द्र भट्टराई, नेपाली कांग्रेसका नगर उपसभापति सन्त फेउदिनले समेत शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा पार्टीका अग्रज कार्यकर्ता लगायत दुई सय बढीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगर उप सचिव भिम लिवाङ्गले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.