भद्रपुर – प्रादेशिक अस्पताल भद्रपुरमा स्वास्थ्य विमाकाे सेवा लगातार दुई दिन अवरुद्ध भएकाे छ ।विमाकाे सफ्टवेयरमा समस्या आएकाे भन्दै सेवा अवरुद्ध भएकाे हाे ।
बुधबार केही घण्टा चलेकाे सेवा आज पनि साेही समस्या आए पछि विरामी तथा तिनका आफन्त आक्राेशित बनेका थिए । त्यस पश्चात् अस्पताल प्रसाशनले आजका लागि सेवा नै स्थगित गरेकाे जनाएकाे हाे । अन्य अस्पतालमा विमाकाे सफ्टवेयरमा कुनै समस्या नरहेकाे तर प्रादेशिक अस्पताल भद्रपुरमा मात्रै सेवा अवरुद्ध भएकाे भन्दै सेवाग्राहीले अस्पताल प्रसाशनकाे कम्जाेरी भएकाे आराेप लगाएका छन् ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts