काठमाडौं, कात्तिक १५-काठमाडौंको गोठाटारमा गोली चलेको छ । प्रहरीले गोली प्रहार गरी एक भारतीय र एक नेपालीलाई नियन्त्रणमा लिएको छ ।उनीहरूको साथबाट २०० ग्राम ब्राउन सुगर र एउटा पेस्तोल बरामद भएको बुझिएको छ ।
प्रहरीले चलाएको एक राउन्ड गोली लागेर भारतको नक्सलबाढीका ४८ वर्षीय मोहमद करिम घाइते भएका छन् । झापाको कचनकवल–८ का हर्क लिम्बु पनि पक्राउ परेका छन्। लिम्बु सहयोगी भएको बुझिएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
