Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कमल गाउँपालिका का कार्की आत्महत्या प्रकरण : श्रीमती र ससुराविरुद्ध मुद्दा दर्ता
    कमल गाउँपालिका

    कमल गाउँपालिका का कार्की आत्महत्या प्रकरण : श्रीमती र ससुराविरुद्ध मुद्दा दर्ता

    कनकाई खबरBy कनकाई खबर२०८० कार्तिक १४, मंगलवार ०८:१७ गते2 Mins Read

    झापाको कमल गाउँपालिका–६ निवासी ३६ वर्षीय अनिल कार्कीको आत्महत्या प्रकरणमा संलग्न भएको भन्दै श्रीमती र ससुराविरुद्ध मुद्दा दर्ता भएको छ ।

    वडाअध्यक्ष नरेन्द्र भट्टराईसहित तीन जना विरुद्धको किटानी जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेपछि वडाध्यक्षको नाम हटाएर दुई जनाविरुद्ध मात्र आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको हो । प्रहरीले सो घटनामा मृतककी श्रीमती चाहना पोख्रेलसहित उनका बुबा पुण्यप्रसाद पोख्रेललाई नियन्त्रणमा लिएर आज नै जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले बताए ।

    कार्की आत्महत्यामा उनकी श्रीमतीसहित ससुराको हात रहेको भन्दै उनीहरुविरुद्ध उनका मामा खेमबहादुर बुढाथोकीले प्रहरीमा जाहेरी दिएका छन् । प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गर्दा बिहानै देखि त्यहाँ आफन्तहरूले प्रदर्शन गरेका थिए । ३४ वर्षीय कार्की हिजो साँझ घरमै झुन्डिएको अवस्थामा फेला परेका थिए । पासो काटेर उपचारका लागि दमकको लाइफलाइन अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो । त्यसपछि कार्कीका आफन्तले शव बुझ्न मानेका थिएनन् । कार्की र उनकी श्रीमतीबीच राम्रो सम्बन्ध नरहेको र उनीहरूको कलहकै कारण आत्महत्या गरेको हुनसक्ने कार्कीका मामा बुढाथोकीले बताए ।

    केही दिनअघि कार्की र उनकी श्रीमतीबीच झैझगडा हुँदा वडाध्यक्ष भट्टराई झगडा मिलाउन गएका थिए । त्यसबेला वडाध्यक्ष भट्टराईले हातपात गरेको आफन्तको आरोप रहेको छ । दसैँ बिदामा घर आएका कार्कीमाथि टिकाकै दिन श्रीमती, वडाअध्यक्ष भट्टराईसहितले कुटपिट गरेको भन्दै दमक प्रहरीमा निवेदन समेत दिएका थिए ।

    सो निवेदनमाथि प्रहरीले कार्तिक १२ गते छलफल गर्ने भने पनि वडाअध्यक्ष नभ्याउने भएपछि छलफल रोकिएको थियो । छलफल गर्ने भनिएकै दिन कार्कीको रहस्यमयी मृत्यु भएको हो । दमक प्रहरीले कार्कीको शव पोस्टमार्टमका लागि राति नै धरान पठाएको जनाएको छ । जिल्ला बन कार्यालय पाँचथरमा कार्यरत उनी तीन वर्ष देखि ससुरालीछेउमा घर बनाएर बस्दै आएका थिए । उनका एक जना नाबालिका छोरी भएको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कमल गाउँपालिका ७ बाट गाँजा र ब्राउन सुगरसहित चारजना पक्राउ

    २०८० माघ ११, बिहीबार ११:३५ गते

    झापाको पहिलो फिफा रेफ्री बने श्याम दनुवार

    २०८० पुष २१, शनिबार ११:५८ गते

    झापाको कमल गाउँपालिकामा छोराले दाउले हिर्काउँदा बाबुको मृत्यु

    २०८० मंसिर ११, सोमबार ०८:४४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.