Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » समृद्ध समाज निर्माणमा सफलता मिलोस् भन्दै अन्तराष्ट्रिय झापाली समाजलाई रोटरी क्लवको सम्मान
    कनकाई नगरपालिका

    समृद्ध समाज निर्माणमा सफलता मिलोस् भन्दै अन्तराष्ट्रिय झापाली समाजलाई रोटरी क्लवको सम्मान

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० कार्तिक १४, मंगलवार ०७:३१ गते4 Mins Read

    कनकाई खबर \ समाज रुपान्तरणको अभियानमा क्रियाशिल रोटरी क्लव अफ सुरुङ्गाले अन्तराष्ट्रिय झापाली समाजको नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई शुभकामना सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    क्लवका अध्यक्ष शिवकुमार कडेलको सभापतित्व रहेको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल सहित विभिन्न संघसंस्थाहरुले अन्तराष्ट्रिय झापाली समाजका नवनिर्वाचित अध्यक्ष मुकुन्द ढुङ्गाना, संस्थापक अध्यक्ष एवं संरक्षक दिनेशकुमार पोखरेल, महासचिव नगेन्द्र प्रसाद पोखरेल(नवीन) लगायतका पदाधिकारीहरुलाई समृद्ध समाज निर्माणमा क्रियाशिल रहन सुझाव सहित स्वागत सम्मान गरे ।


    झापाको बिर्तामोडमा आइतबार सम्पन्न चौथो अधिवेशनबाट निर्वाचित समाजका पदाधिकारीहरुलाई स्वागत सम्मान सहित रोटरी क्लव अफ सुरुङ्गाको कार्यालयमा विशेष कार्यक्रमका विच कनकाई नगरको समृद्धिसँग जोडिएका हरेक विषयमा अन्तरक्रिया समेत सम्पन्न भएको छ ।
    छोटो कार्यक्रमका विच भएको महत्वपुर्ण अन्तरक्रिया उपलव्धीमुलक बन्न सकोस् भन्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाईको समृद्धिमा अब कृषि साथै पर्यटन प्रवद्र्धन नै प्रमुख रहेको बताए । प्रविधिले फड्को मारेको वर्तमान अवस्थामा पुँजी र प्रविधिको आवश्यक रहेको तर्फ जोड दिँदै नगर प्रमुख पोखरेलले जसलाई सहि सदुपयोग हुनु जरुरी रहेको बताए ।

    कनकाई नगरपालिकाले युवाहरुलाई स्थानीय स्तरमा स्वरोजगार बनाउँने उद्येश्यका साथ उद्योगका क्षेत्रमा काम गर्ने गरी योजना कार्यान्वयन तर्फ अघि बढेको भन्दै नगर प्रमुख पोखरेलले स्थानीय तहमा स्रोत साधन सिमित हुने भएकाले बजेट अभावका कारण कार्यान्वयन पक्षमा केही ढिलाई भएको जानकारी दिए । कनकाईको समृद्धिकालागी अब पुँजी र प्रविधिको आवश्यक रहेको दोहोर्याउँदै नगर प्रमुख पोखरेलले अन्तराष्ट्रिय झापाली समाजसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए ।


    कार्यक्रमलाई सम्बोधन गर्दै अन्तराष्ट्रिय झापाली समाजका नवनिर्वाचित अध्यक्ष मुकुन्द ढुङ्गानाले अबको दुई वर्ष समाजले झापामा शिक्षा, स्वास्थ्य सहित आयआर्जका क्षेत्रमा अघि बढ्ने प्रतिवद्धता जनाए । समाज सेवामा लाग्ने प्रेरणा शिक्षाबाटै प्राप्त भएको भन्दै नवनिर्वाचित अध्यक्ष ढुङ्गानाले हाल सम्म झापामा हरेक बर्ष विपन्न साथै जेहेन्दार ८० विद्यार्थीलाई कक्षा १ देखि १२ सम्म निशुल्क अध्ययनको व्यवस्था मिलाउँन समाजले १ करोडको अक्षयकोष निर्माण गरिसकेको जानकारी दिए ।


    अध्यक्ष ढुङ्गानाले शिक्षा सुधारकालागी कनकाईको कुनै एक विद्यालयमा नमुना पुस्तकालय स्थापना गर्नकालागी समाजले साझेदारीमा काम गर्न चाहेको बताए । स्वास्थ्यका क्षेत्रमा समेत जनताले अनुभव गर्न सक्ने गरीको काम गर्ने योजना रहेको बताउँदै समाजका अध्यक्ष ढुङ्गानाले कनकाई नगर अस्पतालमा डाइलोसिस मेशिन स्थापना गर्न सहयोग गर्ने प्रतिवद्धता जनाए । यसैगरि पुर्वकै धार्मिक तथा पर्यटकीय क्षेत्र धनुषकोटी वनभोज स्थलमा महिलाहरुका लागि तत्काल एक सुविधा सम्पन्न शौचालय निर्माणमा झापाली समाजले साझेदारीमा काम गर्न चाहेको अध्यक्ष ढुङ्गानाले बताए ।


    समाजका संस्थापक अध्यक्ष एवं संरक्षक दिनेशकुमार पोखरेलले सुरुङ्गा रोटरीसँग अष्ट्रेलियाको रोटरी क्लवलाई जोड्न प्रयत्न गर्ने जानकारी दिँदै बन्द निषेधित कनकाई नगरीको पहिचान कायम राख्न नगरबासीलाई अनुरोध गरे । झापालाई कसरी समृद्ध बनाउँने भन्ने उद्येश्यका साथ सन्२०१७ मा गठन भएको अन्तराष्ट्रिय झापाली समाजको टिमवर्क राम्रो भएकाले लगानी सुनिश्चित भएका क्षेत्रमा काम गर्न समाज सधैं सकारात्मक रहेको संस्थापक अध्यक्ष पोखरेलले प्रष्ट पारे । अहिले सम्म जिल्लामा पाँचवटा एम्बुलेन्स खरिद गरि जिल्लाको पिछडिएको गाउँपालिका एवम् रोटरीक्लव जस्ता संस्थाले व्यवस्थापनको जिम्मा लिने गरि प्रदान गरिसकेको संस्थापक अध्यक्ष पोखरेल बताउँछन् ।


    हालसम्मअन्तर्राष्ट्रिय झापाली समाज विश्वका करिव चालिस वटा देशमा बिस्तार भैसकेको र अरु देशमा पनि बिस्तार हुने क्रममा रहेको समाजका महासचिव नविन पोखरेल बताउँछन् । समाजले हरेक बर्ष प्लस टुमा सबैभन्दा बढी अंक ल्याउने एक छात्र र एक छात्रालाई जनही एक—एक लाख रुपंैया पुरस्कार स्वरूप प्रदान गर्दै आएको महासचिव पोखरेलले जानकारी दिए । सरकारी विद्यालयको आवश्यक्तालाई मध्यनजर गर्दै समाजले आवश्यक्ता अनुसारको सहयोग पुर्याउँदै आएको उनले बताए ।


    विद्यालयमा खानेपानी, लाइब्रेरी सेट अप र शौचालयको निर्माणको कार्य गर्दै आएको महासचिव पोखरेल बताउँछन् । कोभिड महामारीको समयमा सहारा नेपालसँगको सहकार्यमा समाजले जिल्लाको विभिन्न दुर्गम स्थानका स्वास्थ्य केन्द्रहरुमा भेन्टिलेटर राख्ने तथा अक्सिजन सिलिण्डर वितरण गर्ने काम गरेको जनाइएको छ । त्यस्तै कनकाईको पिसिआर ल्याव संचालनकालागी उल्लेखनीय सहयोग गरेको समाजले कोरोना महामारीका बेला झापाका १५ वटै पालिकामा खाद्यन्न सामाग्री वितरण गरेको महासचिव पोखरेलले जानकारी दिए ।


    रोटरी क्लव अफ सुरुङ्गाका संस्थापक अध्यक्ष तथा प्याब्सनका केन्द्रिय सदस्य एलपी उप्रेतीको स्वागत तथा सचिव विनिता मैनाली बिमलीले संचालन गरेको कार्यक्रममा रोटरी क्लव अफ सुरुङ्गाका पुर्व अध्यक्ष टिकाप्रसाद कट्टेल र ख्याम प्रसाईँ, क्लवका इनकमीङ प्रेसिडेन्ट लुवराज उप्रेती, शिक्षासेवी रोटरीयन डिल्लीराम मैनाली साथै अखिलकुमार कोइराला, जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार एवं पर्यटकीय क्षेत्रका अध्यक्ष ख्यामराज सिटौला, कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली, सुरुङ्गा जेसिजका अध्यक्ष प्रविन तिम्सिना, नेपाल भारत मैत्री संघ कनकाईका अध्यक्ष अर्जुन बोहोरा, संचारकर्मीहरु तीर्थराज खरेल, रामप्रसाद निरौला, लीलाराज झापाली लगायतले समाजका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत सम्मान गर्दै आ–आफ्नो विचार राखेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.