बारामा प्रिन्सिपलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको गोली हानेर हत्या गरेको घटनामा एक जनालाई पक्राउ गरेको बाराका एसपी सुरेश काफ्लेले जानकारी दिए।उनका अनुसार कलैयाबाट आरोपी पक्राउ परेका हुन्।
यद्यपी घटनाबारे अनुसन्धान भइरहेकाले ती व्यक्तिको परिचय खुलाउन नमिल्ने एसपी काफ्लेले बताए।३९ वर्षीय स्वर्णकारको सोमबार दिउँसो गोली हानेर हत्या भएको हो।
कमेन्टस्
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

