Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » किसानका पक्षमा अनुदानका कार्यक्रम ल्याउन सरकारलाई अनुरोध
    समाचार

    किसानका पक्षमा अनुदानका कार्यक्रम ल्याउन सरकारलाई अनुरोध

    ramBy ram२०७६ मंसिर २३, सोमबार ००:५२ गते2 Mins Read

    सुरुङ्गा  \  नेपाल डेरी एसोसिएसन प्रदेश नंं १ को दोस्रो साधारणसभा सम्पन्न भएको छ ।

         साधारण सभामा डेरी संचालकहरुले किसानका पक्षमा सहयोग र अनुदानका कार्यक्रम ल्याउन सरकारलाई अनुरोध गरेका छन् । कनकाई नगरपालिका–२ स्थित प्रजानन्द पशुपालन केन्द्रद्वारा सञ्चालित गाई फार्ममा साधारणसभा सम्पन्न भएको थियो । कतिपय सम्मेलन तथा साधारणसभाहरु शहर बजारका अतिथि सदन र पार्टी प्यालेसमा हुने गरेकोमा यो साधारणसभा गाईगोठमै आयोजना गरी प्रतीकात्मक रुपमा ग्रामीणक्षेत्र केन्द्रित हुने सन्देश दिएको आयोजककले दावी गरेका छन् ।

         प्रदेश नंं १ का संयोजक हेमचन्द्र खनालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिका वार्ड नंं २ का अध्यक्ष परशुराम गिरीले प्रजानन्द पशुपालन केन्द्रका सञ्चालक प्रजापति मैनालीलाई १५\१५ लिटर क्षमताका २ थान स्टिलका ंबाल्टी, १ बोरा चोकर, १ बोरा दाना र ५ लिटर शुद्ध तोरी तेल प्रदान गरी साधारणसभाको उद्घाटन गरेका थिए ।

        प्रमुख अतिथि गिरीले किसानहरुले स्वच्छ दूध उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले दूध उत्पादक किसान र दूध व्यवसायीवीचको सहकार्य बलियो बनाउनुपर्नेमा जोड दिए । नेपाल सरकारको कृषि क्षेत्रमा १५ प्रतिशत मात्र बजेट छुट्याउने नीति भए पनि आफ्नो वार्डमा पशुपालन तथा कृषिक्षेत्रमा ३० प्रतिशत बजेट विनियोजन गरेको जानकारी दिए ।    त्यसै गरी कार्यक्रमका विशिष्ट अतिथि नेपाल डेरी एसोसिएसनका प्रथम केन्द्रीय उपाध्यक्ष एवम् ऋतिका डेरी उद्योग मेचीनगर–१२ का सञ्चालक राजन कडरियाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पुरा गर्ने हो भने कृषि र पर्यटन क्षेत्रको विकासबाट मात्र सम्भव हुने बताए । चिमरियाले वास्तविक रुपमा श्रममा रमाउने किसानका पक्षमा सहयोग र अनुदानका कार्यक्रम ल्याउन नेपाल सरकारलाई अनुरोध गरेका थिए । उनले दूध उत्पादक किसान र दुध व्यवसायीका वीचमा सुमधुर सम्बन्ध हुनुपर्ने र मुलकलाई दूधमा पूर्ण रुपमा आत्मनिर्भर बनाउन सकिने बताए । आफ्नो संस्थाले प्रदेश नं. १ का सामुदायिक विद्यालय र अस्पतालहरुमा निःशुल्क दूध वितरण गर्दै आएको बताए ।

        कनकाई नगरपालिका वार्ड नं. २ का वार्ड सदस्य घनश्याम मैनालीको विशेष आतिथ्य रहेको साधारणसभामा नेकपा वार्ड नं. २ का इञ्चार्ज भीष्म मैनाली, सुकेडाँगी सामुदायिक वन उपभोक्ता समूह कनकाई–२ का अध्यक्ष भक्तबहादुर पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । नेपाल डेरी एसोसिएसन झापा सचिव भरत ओलीको स्वागत मन्तव्य रहेको कार्यक्रम प्रदेश नं. १ का सचिव शरणकुमार पराजुलीले सञ्चालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.