मोरङ – फालिएका पुराना बोतल तथा कवाडीका सामान संकलन गरी बेच्दै आएका एकजना पुरुष विराटनगरमा मृत अवस्थामा भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार बिहान विराटनगर–९ स्थित चुलाचुली मार्गको सडकपेटीमा करिब ४० वर्षीय राजु घिमिरे मृत अवस्थामा भेटिएका हुन्।
प्रहरीका अनुसार धनकुटा घर भएका घिमिरे केही वर्षयता विराटनगरका विभिन्न स्थानमा फ्याँकिएका प्लाष्टिकका बोतल संकलन गरेर जीविका चलाउँदै आएका थिए।
मोरङ प्रहरीका अनुसार घटनास्थल सुरक्षित राखेर हाल अनुसन्धान सुरु गरिएको छ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
