काठमाडौं । तपाईंले सवारी चालक अनुमतिपत्र साथमा बोक्नु भएको छैन तर ट्राफिक प्रहरीको चेकजाँचमा पर्नुभयो भने पनि अब चीट काट्ने छैन । नागरिक एपमा तपाईको लाइसेन्स विवरण राख्नुभएको छ भने अब त्यसले मान्यता पाउने भएको छ ।
नागरिक एपमार्फत लाइसेन्स देखाउँदा मान्यता निदएर सक्कल नै मागने गरेकोमा अब त्यसो नपर्ने सरकारले जनाएको छ । नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापीरुपमा कार्यन्वयनमा आएको नागरिक एपको फेसबुक पेजमा उल्लेख छ ।
यो व्यवस्था आजैदेखि कार्यन्वयनमा आएको भन्दै एपमा लाइसेन्स लिंक गर्न समेत आग्रह गरिएको छ ।
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

