Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » चिसो मौसममा बालबालिकाको हेरचाह कसरी गर्ने…?
    कनकाई खबर बिशेष

    चिसो मौसममा बालबालिकाको हेरचाह कसरी गर्ने…?

    कनकाई खबरBy कनकाई खबर२०८० कार्तिक १३, सोमबार १२:२४ गते4 Mins Read

    यो चिसो मौसम बढेसँगै बालबालिकामा धेरै स्वास्थ्य समस्या देखा पर्न थालेको छन्। पछिल्लो समय बालबालिकामा कोल्ड डायरिया धेरै हुने गरेको छ। चिसो मौसममा देखिने झाडापखालाको समस्यालाई कोल्ड डायरिया भनिन्छ। चिसोमा हुने कोल्ड डायरिया रोटा भाइरसको सङ्क्रमणले हुन्छ। चिसो मौसममा विभिन्न भाइरस जस्तै रोटा भाइरस धेरै सक्रिय हुनेगर्छ। भाइरसको संक्रमण भयो भने बालबालिकामा रुघाखोकी लाग्ने र डायरिया हुनेगर्छ। कतिलाई वान्ता हुने र तारन्तार पखाला लागिरहनेसमेत हुन्छ। कोल्ड डायरियालाई भाइरल डायरिया पनि भन्ने गरिन्छ। यसै विषयमा आधारित भएर  वरिष्ठ बाल रोग विशेषज्ञ डा. उमा गुरुङसँग गरिएको कुराकानीको सम्पादित अंश :

    चिसो मौसममा बालबालिकामा कोल्ड डायरिया हुने समस्यालाई हामीले कसरी बुझ्ने ?
    बालबालिकामा कोल्ड डायरियासँगै ज्वरो र रुघाखोकी धेरै देखिन्छ। त्यसमा हामीले ४५ दिनदेखि इन्जेक्सनको दुई डोज दिन्छौँ। तर इन्जेक्सन दिँदा पनि हाम्रो खानपान, पानी र वातावरणबाट भाइरस सर्ने गर्दछ। रोटा भाइरसले गर्दा सुरुमा बच्चाले वान्ता गर्छ, अनि डायरिया सुरु हुन्छ। यसको लागि यान्टिबायोटिकले काम गर्दैन। सानो बच्चा छ भने आमाको दूध प्रशस्त मात्रामा खुवाउनु पर्दछ।

    कोल्ड डायरियाका लक्षण के के हुन् ?
    कोल्ड डायरिया हुँदा बालबालिकामा सामान्य रुघाखोकी लाग्ने र त्यसपछि डायरिया हुने, वान्ता हुने, खाएको कुरा पेटमा नअडिने, निरन्तर पानी जस्तै पातलो पखाला लाग्नु, तारन्तार पखाला भइराख्दा पानीको मात्रा कम हुन्छ। त्यसैले पखाला लागिरहेका बच्चालाई प्रशस्त मात्रामा झोलिलो खानेकुरा र जीवनजल खुवाइरहनुपर्छ। ठुलो बच्चा भए दालको रस, दुई लिटर पानीमा एक प्याकेट जीवनजल पानी र झोल कुराहरू प्रशस्त मात्रामा खुवाउनु पर्दछ। यो समस्या पाँच दिन जति हुन्छ। त्यसपछि आफै निको भएर जान्छ। अरू भाइरल ब्याक्टेरिया जस्तो औषधिले निको भइहाल्दैन। त्यसैले आत्तिएर अस्पताल गइहाल्नु पर्दैन।

    कोल्ड डायरिया कुन उमेर समूहमा देखापर्छ ?
    यो ९ देखि १० वर्षसम्मको उमेरका बच्चालाई धेरै हुन्छ। यो समस्या सानासाना बालबालिकामा पनि हुन्छ।

    कोल्ड डायरियामा औषधिले काम नगर्ने पनि हुनेरहेछ कस्तो अवस्थामा हो ?
    अरू ब्याक्टेरिया भएको भए औषधिले काम गर्दछ। तर यो भाइरल भएको कारणले औषधिले निको भइहाल्दैन। जाडो मौसममा डायरिया वा वान्ता भएको छ भने अभिभावकले बच्चालाई भाइरल डायरिया भयो कि भनेर सतर्कता अपनाउनु पर्छ। समयमै उपचार गराउँदा चाँडै निको हुन्छ।

    कोल्ड डायरिया हुँदा कस्तो अवस्थामा घरमा नै उपचार गर्ने र कस्तो अवस्थामा अस्पतालमा नै जानुपर्छ ?
    कोल्ड डायरिया हुँदा जबसम्म बच्चाले पानी राम्रोसँग खान्छ, पिसाब राम्रोसँग फेर्छ र शरीरमा पानीको मात्रा पुग्छ, तबसम्म अस्पताल जानु पर्दैन। तर बच्चाको एकदम आँखा गाँडिएको, छाला चाउरिएर मुख सुनिएर गएको छ भने घरमा राख्नु हुँदैन। तुरुन्तै नजिकको अस्पतालमा लैजानु पर्छ।

    अस्पताल गएपछि कति समयको उपचारपछि निको हुन्छ ?
    अलिअलि डायरिया भएर रुघाखोकी लाग्यो भने कसैले आत्तिएर अस्पताल लिएर आइहाल्नु हुन्छ। पहिला मान्छेहरू धामी झाँक्री भनेर बसेर ढिलो आउँथे। तर अहिले मानिसहरू भाइरस भएको हो कि भनेर धेरै चाँडो आउँछन्। पहिला बच्चालाई झोलिलो कुरा खुवाउने गर्नुपर्छ। मुख्य त जीवनजल पानी, फलफूलको रस दिन सकिन्छ। त्यो हुँदा हामीले केही औषधि दिएर पठाउँछौँ। बच्चालाई धेरै गाह्रो भएको छ भने सलाइन पानी दिएर भर्ना गरेर उपचार गर्न सकिन्छ। यो समस्या पाँच दिनसम्ममा निको हुन्छ।

    समयमा अस्पताल लगिएन भने पछि कस्तो जोखिम हुन्छ ?
    गाउँघर तिर नजिकमा अस्पताल भएन भने भातको माडहरू खुवाउने चलन छ। जाउलो, जीवनजल पानी र झोलिलो कुराहरू खुवाएमा बिरामीलाई आराम हुन्छ। केही नखाए पनि सादा पानी मात्र भए पनि खुवाउनु पर्दछ।

    डायरिया गराउने रोटा भाइरसको संक्रमणबाट कसरी बच्न सकिन्छ ?
    रोटा भाइरसको सङ्क्रमणबाट बच्ने प्रमुख उपाय चिसोबाट बच्नु र सरसफाइमा ध्यान दिनु नै हो। कोल्ड डायरिया रोटा भाइरसको सङ्क्रमणबाट हुने भएकाले यसलाई सरुवा रोग हो भनेर बुझिन्छ। बिरामी बच्चाको वान्ता, दिसा, उसले प्रयोग गरेका सामानबाट पनि सर्ने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्छ। हरेक पटक दिसा गरिसकेपछि साबुन पानीले राम्रोसँग हात धुने बानी बसाल्नुपर्छ। खाना खानु अगाडि राम्रोसँग हात धुने गर्नुपर्छ। फलफूल तथा हरियो सागपात राम्रोसँग पखालेर मात्र खुवाउने गर्नुपर्छ। रोटा भाइरसविरुद्धको खोपको विकास भइसकेको छ। त्यो पनि लगाउन सकिन्छ।

    कोल्ड डायरिया हुनै नदिन के गर्न सकिन्छ ?
    बालबालिकामा बाहिरको खाना धेरै खान दिनु हुँदैन। नराम्रो पानी खायो भने स्कुलले पनि ध्यान दिनुपर्छ। घरमा कस्तो पानी खाएको छ भनेर घर परिवारले ध्यान दिनुपर्छ। घरको राम्ररी पकाएको खाना खुवाउने गर्नुपर्छ। सानैदेखि नै बच्चालाई केही बाहिरको नखुवाउने, बच्चामा धेरै मोबाइल पनि नदिने, खानामा पनि पहिलादेखि नै बाहिरको खाना खानु हुँदैन है भनेर बुझाउने गर्नुपर्छ।

    साना बालबालिकालाई कस्तो खाना खुवाउने ?
    जन्मेको ६ महिनासम्म बच्चालाई आमाको दूध खुवाउनु पर्दछ। ६ महिनापछि अरू खाना दाल, भात खुवाउने, रोटीहरू खुवाउने, तरकारीमा साग, बट्टाईको अन्डा खुवाउने, दाल बनाउँदा त्यसमा साग हाल्ने चामल हालेर खुवाउने, लिटो खुवाउने किन बाहिरको खाना खाने, हामी पनि सानोमा दाल, भात, मकै, भटमास खाएर नै हुर्केको हो। बालबालिकालाई बाहिर पाकेको पिज्जा, मःमः खुवाउनु हुँदैन। बाहिरको अजिनामोटोको स्वादले मान्छे धेरै आकर्षित हुन्छ। त्यसले गर्दा बालबालिकाले घरको केही खाँदैन।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाईको एसईई नतिजा : सामुदायिक तर्फ कनकाई मावि र संस्थागत तर्फ प्यारागन एकाडेमी नगरमै सर्वोत्कृष्ट

    २०८३ बैशाख ३०, बुधबार ०९:२२ गते

    सुरुङ्गास्थित प्यारागन एकाडेमी नगरकै अब्बल विद्यालय

    २०८३ बैशाख २९, मंगलवार २२:५२ गते

    कनकाई कप : गौरादहलाई ७ –० गोल अन्तरले पराजित गर्दै अर्जुनधाराको शानदार विजयी सुरुवात

    २०८३ बैशाख २८, सोमबार ०९:५४ गते

    सुरुङ्गामा कनकाई कप सुरु, उदघाटन खेलमा कनकाई बिजयी

    २०८३ बैशाख २७, आईतवार ०५:४८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.