Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    २०८३ आश्विन २८, बुधबार १०:२१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भारतमा रेल दुर्घटनामा मर्नेको सङ्ख्या १३ पुग्यो
    कनकाई खबर बिशेष

    भारतमा रेल दुर्घटनामा मर्नेको सङ्ख्या १३ पुग्यो

    कनकाई खबरBy कनकाई खबर२०८० कार्तिक १३, सोमबार १२:०६ गते2 Mins Read

    अमरावती (भारत) । भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटनामा मर्नेको सङ्ख्या १३ पुगेको छ । विजयनगरम जिल्लामा दुर्घटना भएको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    विजयनगरमका प्रहरी सुपरिटेन्डेन्ट एम दीपिकाले भनिन्, ‘अहिलेसम्म १३ जनाको मृत्यु भएको छ, तीमध्ये सात जनाको सनाखत भएको छ र अन्यको पहिचान हुन बाँकी छ ।’ यसअघि इस्ट कोस्ट रेलवेका सीपीआरओ विश्वजीत साहुले ट्र्याक पुनःस्थापनाको काममा ध्यान दिइएको बताएका थिए ।

    ‘उद्धार कार्य अहिले सकिएको छ, हामीले फँसेका यात्रुहरूका लागि बस र रेलको व्यवस्था गरेका छौँ, १८ वटा रेल रद्ध गरिएको छ र २२ वटा रेल मार्ग परिवर्तन गरिएको छ, हामी आज साँझ ४ बजेसम्म ट्र्याक खाली गर्ने प्रयास गरिरहेका छौँ’, उनले भने ।

    उनले सामान्य घाइतेलाई नजिकैको अलामान्दा अस्पतालमा भर्ना गरिएको पनि जानकारी दिए । ‘सामान्य घाइते भएकाको अलामान्दा अस्पतालमा प्राथमिक उपचार भइरहेको छ, गम्भीर घाइतेलाई विजयनगरम र विशाखापट्टनम अस्पतालामा लगिएको छ, हामीले फँसेका यात्रुहरूका लागि रेल र बसको व्यवस्था गरेका छौँ, केही रेललाई रद्ध र डाइभर्ट गरेका छौँ, हामीले सहायता डेस्क स्थापना गरेर यात्रुहरूलाई एसएमएसमार्फत सूचित गरिरहेका छौँ’, उनले भने ।

    ‘हाम्रो दुई एआरटी (एक्सिडेन्ट रिलिफ ट्रेन) टिमले त्यहाँ काम गरिरहेका छन् र सम्बलपुर मुख्यालय डिभिजनका सबै कर्मचारी पनि त्यहाँ काम गरिरहेका छन्, साँझ ४ बजेसम्म ट्र्याक सफा गर्ने प्रयास गरिरहेका छन्’, उनले भने ।

    आइतबार साँझ आन्ध्र प्रदेशको विजयनगरम जिल्लामा विशाखापट्टनम–रगडा यात्रुवाहक रेल सोही मार्गबाट गइरहेको विशाखापट्टनम–रगडा रेलसँग ठोक्किएपछि केही डिब्बा लिकबाट खसेको अधिकारीहरूले बताएका छन् । डिभिजनल रेलवे व्यवस्थापकले दुर्घटनामा तीन वटा डिब्बा संलग्न रहेको बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    २०८३ आश्विन २८, बुधबार १०:२१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    राज्यको मुख नहेरी कनकाई सामुदायिक वनले अत्याधुनिक तालिम भवन बनाउँदै

    २०८३ कार्तिक ३, सोमबार १०:०४ गते

    कनकाई खबरको यात्राः पत्रकारिताका चुनौती र अवसरहरू

    २०८३ आश्विन २८, बुधबार ११:२१ गते

    कनकाई खबर नवौं वर्षमा प्रवेश, आठ वर्षको निष्पक्ष यात्रा, अब नयाँ सङ्कल्प

    २०८३ आश्विन २८, बुधबार १०:२१ गते

    कनकाई नगरपालिकाकाे आर्थिक ऐन, २०८३का विषयहरू:

    २०८३ आश्विन २७, मंगलवार २३:५४ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.