Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापामा यौनजन्य हिंसा रोक्न सामूहिक प्रतिबद्धता
    समाचार

    झापामा यौनजन्य हिंसा रोक्न सामूहिक प्रतिबद्धता

    ramBy ram२०७६ मंसिर १९, बिहीबार ०१:२३ गते4 Mins Read

    कनकाई खबर  \  कार्यस्थलमा हुने यौनजन्य हिंसा रोक्न झापाको प्रहरी, प्रशासन, राजनीतिककर्मी, चिकित्सक, कानून व्यवसायी, अधिकारकर्मी, शिक्षक, विद्यार्थी, सामाजिक अगुवा र सञ्चारकर्मीहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् ।
    नारी सञ्चार गृह झापाले बुधवार विर्तामोडको जयेन्द्र प्रसाई सभाहलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उक्त प्रतिबद्धता व्यक्त गरिएको हो ।

        महिला हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत जिल्लाका डेढ सय जना सामाजिक अगुवाहरुको वृहत उपस्थितिमा भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद जसमाया गजमेरले गरेकी थिइन् भने कार्यक्रमको अध्यक्षता आयोजक संस्थाकी अध्यक्ष अम्बिका भण्डारीले गरेकी थिइन् ।

        प्रमुख अतिथि एवम् सांसद् गजमेरले महिलामाथिको हिंसाको अन्त्यको सुरुवात घरबाटै हुनुपर्ने धारणा राखेकी थिइन् । प्रहरी र प्रशासनले पीडित पक्षलाई न्याय र दोषीलाई कडा दण्ड दिलाउन अग्रसर हुनुपर्ने उनको जोड थियो ।
    नेपाल बार एसोसिएसन झापा महिला विभागकी प्रमुख एवम् अधिवक्ता हेमकला कट्टेलले ‘लैङ्गिक हिंसाको बदलिदो स्वरुप र कार्यस्थलमा हुने यौनजन्य हिंसा’ विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

        पछिल्लो समय नेपालमा लैङ्गिक हिंसा र यौनजन्य अपराधका विषयमा बनेका नयाँ कानूनहरुको चर्चा गर्दै अधिवक्ता कट्टेलले अपराधलाई रोक्न कानूनको कार्यान्वयन र सर्वसाधारणमा सचेतना दुबै जरुरी हुने बताएकी छन् ।
    पहिलेका कानूनहरुमा कार्यस्थलको हिंसा भन्नाले कार्यालयमा सहकर्मीमाथि हुने हिंसा मात्रै बुझिने गरेकोमा हाल अफिस, होटल, विद्यालय, सार्वजनिक स्थल र यातायातमा हुने यौन दूव्र्यवहारलाई यौनजन्य हिंसाको परिभाषाभित्र समेटिएको उनको भनाई थियो ।
    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठ र विर्तासिटी हस्पिटलका मानसिक रोग विशेषज्ञ डा. आशिष निरौलाले महिला हिंसा रोक्ने विषयमा विशेष प्रस्तुति दिएका थिए ।
    प्रनाउ श्रेष्ठले प्रोजेक्टरमार्फत प्रस्तुति दिदै हिंसाको परिभाषा, प्रकार, स्वरुप, अवस्था, कानूनी दण्डको व्यवस्था र चुनौतिका बारेमा चर्चा गरेका थिए । उनले बलात्कारका उजुरी कम पर्ने गरेको, पीडितले समस्या लुकाउने गरेको र उजुरी परिसकेपछि पनि डर वा प्रलोभनमा परेर अदालतमा बयान फेर्ने गरेको बताएका थिए ।

         मानसिक रोग विशेषज्ञ डा. निरौलाले हिंसा पीडित महिलामा डिप्रेसनको विकराल समस्या हुने गरेको र बेलैमा उपचार नगरेमा आत्महत्याको दुःखद् अवस्था निम्तिने गरेको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनले हिंसा पीडितलाई समाज र परिवारले सहानुभूतिको साटो झन् पीडा थप्ने गरेको र डिप्रेसनबाट ग्रसित व्यक्तिले आफु विरामी छु भन्ने थाहा नपाउने गरेको बताएका थिए ।
    सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले विशेष अतिथिको आसनबाट बोल्दै जाहेरी नदिएसम्म कानूनी कार्वाही नबढ्ने व्यवस्था भएको हुँदा हिंसा पीडितले निर्धक्क उजुरी दिने वातावरण बनाउनु पर्ने धारणा व्यक्त गरेका थिए । उनले जिल्ला प्रशासन कार्यालयमा घरेलु हिंसामा परेका महिलाहरु आउने गरेको जानकारी दिदै लैङ्गिक हिंसा र विभेदका दोषीलाई उन्मुक्ति नमिल्ने बताएका छन् ।

          झापाका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक दिनेश मैनालीले लैङ्गिक हिंसाका अपराधीलाई प्रहरीले नछाड्ने प्रतिबद्धता जनाउँदै आफु र आफ्नो गाउँघरमा भएका यौनजन्य हिंसाका घटना बारे प्रहरीलाई जानकारी दिन आग्रह गरेका थिए । प्रहरीले महिलामाथि हुने हिंसा रोक्न विशेष दस्ता परिचालन गरेको र सचेतना अभियान समेत सञ्चालन गरिरहेको उनको भनाई थियो ।
    कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसन झापाका पूर्व अध्यक्ष गजेन्द्र आचार्यले पछिल्लो समयमा मुलुकका कानूनहरु हेरफेर भएको हुँदा कार्यस्थलमा हुने यौनजन्य हिंसा र घरेलु हिंसाका बदलिदो स्वरुपका विषयमा व्यापक जनचेतना फैलाउनु पर्ने आवश्यकता औल्याएका थिए ।

        अधिवक्ता यज्ञलक्ष्मी चम्लागाई, अधिवक्ता देवी निरौला, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, मेचीनगरकी कार्यपालिका सदस्य निरु परियार, विर्तामोडकी कार्यपालिका सदस्य हर्कमाया विक, सामुदायिक बन महासंघकी केन्द्रीय सदस्य सङ्गीता थापा, मानव अधिकारका लागि एकल महिला समूहकी अध्यक्ष रेखा अधिकारी, पत्रकार शुष्मा त्रिखत्री, विद्यार्थी मनिषा चम्लागाई लगायतले धारणा व्यक्त गरेको सो कार्यक्रममा स्वागत मन्तब्य आयोजक संस्थाकी उपाध्यक्ष भीमा शिवाकोटीले र सञ्चालन संस्थाकी सचिव रेजिना गौतमले गरेकी थिइन् ।

         नेपाल महिला संघ झापाकी अध्यक्ष सुशिला ढकाल, अन्तरपार्टी महिला सञ्जाल झापाकी पूर्व अध्यक्ष सरु न्यौपाने, अन्तरपार्टी महिला सञ्जाल झापाकी पूर्व अध्यक्ष संगीता रौनियार, नारी सञ्चार गृहकी संस्थापक अध्यक्ष सावित्रा दाहाल, नेपाल प्रेस युनियन झापाकी अध्यक्ष इन्दु पूर्वेली, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, प्रेस क्लव मेचीनगरका अध्यक्ष ज्ञानेन्द्र निरौला, विर्तामोड वडा नंं ५ का अध्यक्ष राजेन्द्र लिङ्देन, वडा सदस्य डीआर कडरिया, महिला अगुवा पुष्पा भण्डारी, सरस्वती सिटौला, तुलसा भण्डारी, पार्वता बिमली, कञ्चना सिटौला, राधा सुब्बा, उर्मिला खरेल, पार्वता गिरी लगायतको कार्यक्रममा उपस्थिति थियो ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.