चीनको विशेष प्रशासनिक क्षेत्र हङकङले करिब १८ वर्षपछि नेपालीहरुका लागि भिसा खुलाएको छ ।
अक्टोबर २५ अर्थात् यसैहप्ताको बुधबार हङकङ सरकारले नेपालीसँगै भियतनाम र लाओसका लागि पनि भिसा खुलाएको हो ।
सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको थियो । बुधबार हङकङका प्रमुख जोन लीले भिसा नीति खुकुलो बनाइएको घोषणा गरेको सिन्ह्वाले जनाएको छ ।
अब नेपाली प्रतिभाहरूका लागि हङकङमा रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बन्नेछ । लीका अनुसार भियतनाम, लाओस र नेपालका प्रतिभाहरूलाई आकर्षित गर्न भिसा नीति खुकुलो बनाइएको हो ।
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

